नुवाकोटमा सडकको लागि मात्रै २ अर्ब ३२ करोड बजेट विजियोजन

विदुर खबर २०८० जेठ २५ गते १३:१४

नुवाकोट । प्रभावशाली नेताहरुको जिल्ला र निर्वाचन क्षेत्रका सडकमा बजेट छर्ने एउटा कार्यक्रम छ, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम ।

Advertisement

आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय अन्तर्गत यो कार्यक्रम राखेर बजेट छुट्याएको छ भने प्रदेशमा दिएको सशर्त अनुदानमा पनि यो कार्यक्रम घुसाइएको छ ।

नुवाकोटमा सडकको लागि मात्रै २ अर्ब ३२ करोड बजेट विजियोजन गरिएको छ ।
अर्थमन्त्री डा. महतले आफ्नो गृहजिल्ला नुवाकोटका २१ वटा सडकलाई वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत राखेर ६७ करोड रकम विनियोजन गरेका छन् ।

Advertisement

२१ वटै योजनामा एक करोड भन्दा कम रकम छुट्याइएको छैन । तीन करोड, पाँच करोड, सात करोडका योजना छन् । तीनपिप्ले कुमारी फाँटपौवा बेलकोटगढी सडकका लागि १० करोड छुट्याइएको छ ।

ठाँटीभञ्ज्याङ पुरानीडाँडा, बाहुन डाँडा कार्यालय हुँदै गोल्फु भञ्ज्याङ सडकका लागि १० करोड रुपैयाँ छुट्याइएको छ ।

Advertisement

प्रतिक्रिया