घिमिरेको सहयोगमा निशुल्क सुगर परिक्षण कार्यक्रम सम्पन्न

विदुर खबर २०८० जेठ ११ गते २१:३०

नुवाकोट । रातो मछिन्द्रनाथको भोटो देखाउने दिनको अवसर पारेर नुवाकोटका सुदिप घिमिरेले आफ्नो व्यक्तिगत खर्चमा मधुमेहका विरामीको निशुल्क सुगर परिक्षण कार्यक्रमको आयोजना गरेका छन् ।

Advertisement

नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ घर भई हाल काठमाण्डौमा व्यवसाय सचालन गर्दै आएका समाजसेवी घिमिरेले बिहिबार रातो मछिन्द्रनाथको भोटो देखाउने दिनको अवसर पारेर आफ्नो व्यत्तिगत खर्चमा मधुमेहका विरामीको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेका हुन् ।

उनले नेपालमा आरमदायी जीवनशैली, तनाव, सहरीकरण, असन्तुलित खानाको कारण मधुमेहका विरामी बढिरहेकोले निशुल्क शुगरको परिक्षण कार्यक्रमको आयोजना गरिएको बताए ।

Advertisement

घिमिरेले आगामी दिनमा विशेष गरि नुवाकोट जिल्लालाई प्राथमिकतामा राखेर जिल्लाको विभिन्न स्थानमा स्वास्थ्य शिविर आयोजना गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

घिमिरेको सहयोग तथा सुलभ फार्मेसी बट्टारको समन्वयमा यसअघि नुवाकोटको वेत्रावतीको गोरु जुधाई मेला , सातौ नुवाकोट महोत्सव, सिन्दुरे जात्राको अवसरमा देविघाट लगातयको स्थानमा मधुमेहका विरामीहरुको निशुल्क चेकजाँच गर्नुका साथै विरामीहरुलाई औषधी वितरण गरिएको थियो ।

Advertisement

घिमिरेले कोरोना महामारीको समयमा विभिन्न ठाउँमा पुगी अक्सिजन सिलिन्डर  वितरण गर्नुको साथै स्वास्थ्य सामाग्री समेत वितरण गरेका थिए ।

प्रतिक्रिया