आज देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

नुवाकोट । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
सोही मौसमी प्रणालीका कारण हाल कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
महाशाखाका अनुसार बुधवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागहरुका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, मधेश प्रदेश र वागमती प्रदेशका तराईका केही स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।
बुधवार राति देशको पहाडी भू–भागहरूमा सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया