नेपालले आज भारतसंग खेल्दै

विदुर खबर २०७५ भदौ २९ गते २:०१

Advertisement

नुवाकोट भदौ २९, भारतको लखनउमा जारी चौकोणीय एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालको यू-१९ टोलीले आज (शुक्रबार) भारतको यू-१९ (ए) टिमसंग प्रतिस्पर्धा गर्दैछ ।

नेपालर भारतको यू-१९ टोलीबीचको खेल नेपाली समय अनुसार बिहान ९:१५ मा सुरु हुनेछ । पहिलो खेलमा पराजित नेपाल भारतको ‘ए’ टिमविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदैछ ।

Advertisement

पहिलो खेलमा नेपाल भारतको यू-१९ को ‘बि’ टिमसंग ४० रनले पराजित भएको थियो । भारतको ‘ए’ टिमले भने अफगानिस्तानको यू-१९ टोलीलाई १४० रनले हराएको थियो ।

भारतविरुद्ध दोस्रो खेल लिएर मैदान उत्रदा नेपाल युथ एसिया कपको जितलाई निरन्तरता दिने प्रयासमा हुनेछ । नेपालले गत बर्षको नोभेम्बरमा भएको युथ एसिया कपमा भारतलाई १९ रनले हराएको थियो । तर, त्यसबेला नेपाली टोलीमा रहेका अधिकांस खेलाडी अहिले सिनियर टोलीबाट खेलिरहेका छन् । भारतीय क्रिकेट बोर्डको योजनामा जारी सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका एक एक यू-१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

Advertisement

प्रतिक्रिया