बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
विदुर खबर
२०८० जेठ ८ गते १५:३०
नुवाकोट । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुली हरिहरगढी गाउँपालिका-३ ठेगाना भई काठमाडौं महानगरपालिका-१० बस्ने ५२ वर्षीय हेम कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको २०८० बैशाख ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ लाख रूपैयाँ जरिवाना, क्षतिपूर्ति शुल्क २४ हजार रूपैयाँ राहत कोषमा जम्मा गराउनुपर्ने र २ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया