नुवाकोटको विजयी शुरुवात
विदुर खबर
२०८० जेठ ८ गते १५:२१

नुवाकोट । मकवानपुरको हेटौडामा जारी दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष फुटवलमा नुवाकोटले विजयी शुरुवात गरेको छ ।
आज हेटौडाको पिप्ले रंगशालामा भएको खेलमा नुवाकोटले सिन्धुपाल्चोकलाई ३–१ गोल अन्तरले पराजित गरि शानदार शुरुवात गरेको हो ।
नुवाकोटलाई विजय गराउन अजय वाईवा,आकाश रानामगर र सन्तोष थापाले समान एक÷एक गोल गोल गरे ।
खेलको म्यान अफ दि म्याच नुवाकोटका सन्तोष थापा घोषित भएका छन् ।
नुवाकोटले अब आगामी बुधवार १० गते ललितपुर र सिन्धुलीको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया