मजुवामा रहेको आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन
विदुर खबर
२०८० जेठ ७ गते २१:३८

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रको भवन आईतवार गाउँपालिका अध्यक्ष शिव अधिकारीले उद्घाटन गरेका छन् ।
आधारभूत स्वास्थ्य केन्द्रको दुई कोठे पक्की भवनको उद्घाटन गर्दै उनले छिट्टै सुविधा सम्पन्न स्वास्थ केन्द्र निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढाएको बताए ।
अध्यक्ष अधिकारीले केही समय अघि यो भवनको स्तरउन्नती गरि स्वास्थ्य सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।
मजुवामा रहेको आधारभूत स्वास्थ केन्द्र विगत लामो समयदेखि भाडाको घरमा सञ्चालन हुदै आएको थियो ।
सम्बन्धित
प्रतिक्रिया