आज पनि चट्याङ्सहित वर्षाको सम्भावना
विदुर खबर
२०८० जेठ ७ गते ७:४४

नुवाकोट । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशि देखि सामान्य बदली रहनेछ । यी चारै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
राती भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेकोले शतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया