ठगी आरोपमा कांग्रेस महासमिति सदस्य पक्राउ

विदुर खबर २०८० जेठ ५ गते २१:०४

नुवाकोट । प्रहरीले नेपाली कांग्रेस महासमिति सदस्य कृष्ण मुरारी गुरुङलाई ठगी आरोपमा पक्राउ गरेको छ ।

Advertisement

करिब साढे ९ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सिन्धुली गोलन्जोर गाँउपालिका वडा नम्बर ४ घर भएका ४३ वर्षीय गुरुङलाई पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले गुरुङलाई विभिन्न व्यक्तिको नगद तथा सुनसहित करिब ९ करोड ६० लाख रुपैयाँ विभिन्न प्रलोभन देखाई ठगी गरेका आरोपमा पक्राउ गरिएको जनाएको छ । प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार उनले सुरेश केसीसँग पटकपटक गरी नगद ७ करोड ७५ लाख रुपैयाँ र २० तोला सुन, देउ बहादुर गुरुङबाट २०७४ सालमा तीस लाख लिएको र सरिता गुरुङलाई आफूसँग गाडी भएको र सो गाडी बिक्रीमा रहेको र बैंकमा २० लाख रकम तिर्नुपर्ने र त्यसपछि गाडी आफूले पाउने भन्दै छलेर रकम लिई फरार भएका थिए ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वसघात सम्बन्धी कसूरमाकाठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया