काठमाण्डौसहित पहाडी क्षेत्रमा आज, भोलि र पर्सि वर्षाको सम्भावना
नुवाकोट । काठमाण्डौसहित पहाडी क्षेत्रमा आज, भोलि र पर्सि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
बङ्गालको खाडीमा विकसित भएको मोखा नामक चक्रवात र पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण आज, भोलि र पर्सि तीन दिन पहाडी क्षेत्रको मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार यी प्रणालीको प्रभाव आज भन्दा भोलि र पर्सि धेरै पर्ने देखिएको छ ।
मोखा चक्रवातको प्रभाव अहिलेसम्म नेपालमा नपरे पनि आज रातिदेखि भने पर्न सक्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । पूर्वी क्षेत्रमा यो चक्रवातको प्रभाव धेरै पर्ने देखिएको उहाँले बताउनुभयो ।
पश्चिमी क्षेत्रमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पानी पर्ने अनुमान गरिएको हो । पहाडी जिल्लामा बादल लाग्न थालेकाले आज हिजो अस्तिको जस्तो चर्को घाम लाग्ने सम्भावना छैन ।
आज दिउँसो पछि काठमाण्डौसहित केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान गरिएको छ । तर, पहाडी जिल्लामा केही शीतल भए पनि तराईका जिल्लामा भने घाम चर्किने अनुमान छ।
चक्रवात, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तराईका जिल्लामा खासै नपर्ने देखिएकाले त्यहाँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया