काठमाण्डौसहित पहाडी क्षेत्रमा आज, भोलि र पर्सि वर्षाको सम्भावना

विदुर खबर २०८० वैशाख ३१ गते १०:२५

नुवाकोट । काठमाण्डौसहित पहाडी क्षेत्रमा आज, भोलि र पर्सि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Advertisement

बङ्गालको खाडीमा विकसित भएको मोखा नामक चक्रवात र पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण आज, भोलि र पर्सि तीन दिन पहाडी क्षेत्रको मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार यी प्रणालीको प्रभाव आज भन्दा भोलि र पर्सि धेरै पर्ने देखिएको छ ।

मोखा चक्रवातको प्रभाव अहिलेसम्म नेपालमा नपरे पनि आज रातिदेखि भने पर्न सक्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । पूर्वी क्षेत्रमा यो चक्रवातको प्रभाव धेरै पर्ने देखिएको उहाँले बताउनुभयो ।

Advertisement

पश्चिमी क्षेत्रमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पानी पर्ने अनुमान गरिएको हो । पहाडी जिल्लामा बादल लाग्न थालेकाले आज हिजो अस्तिको जस्तो चर्को घाम लाग्ने सम्भावना छैन ।

आज दिउँसो पछि काठमाण्डौसहित केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान गरिएको छ । तर, पहाडी जिल्लामा केही शीतल भए पनि तराईका जिल्लामा भने घाम चर्किने अनुमान छ।

Advertisement

चक्रवात, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तराईका जिल्लामा खासै नपर्ने देखिएकाले त्यहाँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया