धादिङमा स्थानीयद्वारा गाडीमा आगजनी

विदुर खबर २०८० वैशाख २८ गते १२:२१

धादिङ । धादिङको गल्छिमा गएराती एक यूवाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

Advertisement

गल्छी गाउँपालिकाको निवुवास्थित एक होटलमा सामान्य विवाद हुँदा स्थानीय निरज पण्डितले खुकुरी प्रहार गरी विनोद थापा मगर गम्भिर घाईते भएपछि उपचारका लागी काडमाण्डौ लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको आरोपमा पण्डितलगायत अन्य केहिलाई पक्राउ गरिसकेको भएपनि स्थानीयले घटनाको विरोधमा गल्छी(मैलुङ सडक बन्द गराएका छन् ।

Advertisement

बन्दकर्ताले एउटा गाडीमा आगजनी समेत गरेका छन् । वन्द सडक खुलाउन प्रयास भईरहेको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया