तुलसीपुरमा मेयर कप खेलकुद २३ गतेबाट
१२ फागुन, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले मेयर कप खेलकुद प्रतियोगिता सुरु गर्ने भएको छ ।
नीति तथा कार्यक्रम अनुसार खेलाडीहरुलाई उत्प्रेरित गर्नका लागि आयोजना गर्न लागिएको कपको पहिलो खेलको सुरुआत हुने भएको छ ।
पहिलो मेयरकप खेल अन्तर्गत फागनु २३ , २४ र २५ गतेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को ववइ नदीमा विच भलिबल प्रतियोगिताको आयोजना गरिएको संयोजक अमर नेपाली माइकलले बताए ।
उनका अनुसार ५ नम्वर प्रदेशमै पहिलो पटक विच भलिबल खेलको आयोजना गरिएको हो । उनले पर्यटन प्रवर्द्धन गर्नका लागि यस खालको प्रतियोगिता आयोजना गरिएको पनि बताए ।
खेलकुद प्रतियोगितामा १९ वटै वडाका खेलाडीहरुले भाग लिन पाउनेछन् ।
विच भलिबलका लागि हरेक समूहमा दुई दुई जना खेलाडी रहने छन् । खेलमा सहभागी हुने खेलाडीलाई अनिवार्य रुपमा वडाले सिफारिस गर्नुपर्ने छ ।
शुक्रवार वसेको वैठकले संयोजक अमर नेपाली माइकलको अध्यक्षतामा सहभागिताका लागि सबै खेलाडीहरुलाई आव्हान गर्ने समेत निर्णय गरेको छ ।
बैठकमा सदस्यहरु कुमार लामिछाने, राजु आचार्य, दिपक कुमाल, जानका रेग्मी र सदस्य सचिव झरेन्द्र खरेलको उपस्थिति रहेको थियो ।
खेलका महिला र पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई अलग अलग रुपमा क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कारको व्यवस्था गरिएको उपमहानगरपालिकाका प्रेस संयोजक बसन्त विवश आचार्यले जानकारी दिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया