तुलसीपुरमा मेयर कप खेलकुद २३ गतेबाट
१२ फागुन, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले मेयर कप खेलकुद प्रतियोगिता सुरु गर्ने भएको छ ।
नीति तथा कार्यक्रम अनुसार खेलाडीहरुलाई उत्प्रेरित गर्नका लागि आयोजना गर्न लागिएको कपको पहिलो खेलको सुरुआत हुने भएको छ ।
पहिलो मेयरकप खेल अन्तर्गत फागनु २३ , २४ र २५ गतेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को ववइ नदीमा विच भलिबल प्रतियोगिताको आयोजना गरिएको संयोजक अमर नेपाली माइकलले बताए ।
उनका अनुसार ५ नम्वर प्रदेशमै पहिलो पटक विच भलिबल खेलको आयोजना गरिएको हो । उनले पर्यटन प्रवर्द्धन गर्नका लागि यस खालको प्रतियोगिता आयोजना गरिएको पनि बताए ।
खेलकुद प्रतियोगितामा १९ वटै वडाका खेलाडीहरुले भाग लिन पाउनेछन् ।
विच भलिबलका लागि हरेक समूहमा दुई दुई जना खेलाडी रहने छन् । खेलमा सहभागी हुने खेलाडीलाई अनिवार्य रुपमा वडाले सिफारिस गर्नुपर्ने छ ।
शुक्रवार वसेको वैठकले संयोजक अमर नेपाली माइकलको अध्यक्षतामा सहभागिताका लागि सबै खेलाडीहरुलाई आव्हान गर्ने समेत निर्णय गरेको छ ।
बैठकमा सदस्यहरु कुमार लामिछाने, राजु आचार्य, दिपक कुमाल, जानका रेग्मी र सदस्य सचिव झरेन्द्र खरेलको उपस्थिति रहेको थियो ।
खेलका महिला र पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई अलग अलग रुपमा क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कारको व्यवस्था गरिएको उपमहानगरपालिकाका प्रेस संयोजक बसन्त विवश आचार्यले जानकारी दिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया