नुवाकोट उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

विदुर खबर २०८० वैशाख ६ गते ९:१६

नुवाकोट । उद्योग व्यवसायीको छाता संगठन नुवाकोट उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

Advertisement

संघको ११ अधिवेशनको लागि अध्यक्षमा श्रेष्ठवाहेक अन्य कसैले उम्मेद्धवारी दर्ता नगरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्रराज अधिकारीले जानकारी दिए ।

यस्तै संघको प्रथम उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा सविन राजभण्डारी र प्रवत्तामा सुमन भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

Advertisement

त्यस्तै बस्तुगत सदस्यतर्फ पुरुषोत्तम अधिकारी र सबिन श्रेष्ठ समेत निर्विरोध निर्वाचित भएका छन् ।

वरिष्ट उपाध्यक्षमा गिता अमात्य र सन्तोष उप्रेतीले मनोनयन दर्ता गरेका छन् भने महासचिवमा उपेन्द्र बुढाथोकी र कृष्ण अधिकारीले उम्मेद्धवारी दर्ता गराएका हुन् ।

Advertisement

त्यस्तै सचिवमा मधुसुदन थपलिया र गगन लामाले उम्मेद्धवारी दर्ता गराएका छन् भने कोषाध्यक्षमा मेगनाथ घिमिरे र हरिशरण रिमालले उम्मेद्धवारी दर्ता गरेका छन् ।

यस्तै तीनजना महिला सदस्यको लागि चार जनाले उम्मेद्धवारी दर्ता गराएका छन् । संघको नयाँ कार्यसमिति चयनको लागि ९ गते मतदान हुने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया