खुल्ला फुटसल प्रतियोगिताको उपाधि प्रहरीलाई
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा आयोजित खुल्ला फुटसल प्रतियोगिताको उपाधि जिल्ला प्रहरीको टोलीले हात पारेको छ ।
नेपाल खेलकुद महासंघ समाजवादी नुवाकोटद्धारा आयोजित प्रतियोगिताको फाइनलमा नुवाकोट युनाइटेड फुटसल क्बललाई २–१ गोल अन्तरले पराजित गरि प्रहरीले उपाधि उचालेको हो ।
निकै प्रतिष्पर्धात्मक बनेको फाइनल खेलमा पहिलो गोल भने नुवाकोट युनाइटेडले गरेको थियो । उसका लागि सागर दर्जीले उत्कृष्ट गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए । तर प्रहरीको लागि पवन नेपालीले गोल गर्दै खेल एक÷एक को वरावरीमा पुराएका थिए । त्यस्तै प्रहरीको लागि रामजीत राईले गोल गरेका थिए ।
त्यसपछि खेलमा दुबै टोलीले पाएको मौकाको सदुपयोग गर्न नसक्दा खेल २–१ गोल अन्तरमै सकिएको हो ।
प्रतियोगिताको उपाधि विजेता नेपाल प्रहरीको टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता नुवाकोट युनाइटेडले ५ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।
प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई पुर्व सांसद राजेन्द्र प्रकाश लोहनी लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै पुर्व सांसद लोहनीले नुवाकोटमा पछिल्लो समय फुटसल लोकप्रिय बन्दै गएको भन्दै खुशी व्यक्त गरे । उनले फुटसल खेललाई व्यवसायीकरण गर्न सके नुवाकोटलाई खेल पर्यटनको माध्यमबाट चिनाउन सकिने बताए ।
प्रतियोगितामा १९ फुटसल टिमको सहभागिता रहेको नेपाल खेलकुद महासंघ समाजवादी नुवाकोटका अध्यक्ष रामकाजी दिक्षितले जानकारी दिए । उनले नुवाकोटमा पछिल्लो समय फुटसल लोकप्रिय बनेकोले प्रतियोगिता आयोजना गरिएको बताए ।
कार्यक्रममा नेकपा समाजवादी नेता पदम उप्रेती, राजु सडौला, विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे लगायतको उपस्थिति रहेको थियो ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया