कुँवरको ९ महिनाभित्रै एसएसपीबाट आईजीपीमा फड्को
नुवाकोट । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा भएका छन् ।
३० वर्षे सेवा अवधिका कारण आईजीपी धीरजप्रताप सिंहले अवकाश पाएपछि सरकारले रिक्त स्थानमा कुँवरलाई बढुवा गरेको हो । आईजीपी नियुक्तिकै लागि शुक्रबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।
कुँवरले शनिबारबाट नेतृत्व सम्हाल्नेछन् । सेवा अवधि हटाएर कार्यकाल लम्ब्याउन महानिरीक्षक सिंह र उनका ब्याचीले प्रयास गरे पनि सरकारले हालकै प्रावधानअनुसार नयाँ नेतृत्व चयन गरेको हो । अहिलेकै व्यवस्था कायम रहेपछि २०४९ चैत ११ मा सेवा प्रवेश गरेका महानिरीक्षक सिंहसहित ३ एआईजी, ३ डीआईजी र २ एसएसपीले एकै पटक अवकाश पाएका हुन् ।
आईजीपी प्रतिस्पर्धामा कुँवरसहित एआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण वज्राचार्य थिए । सरकारले एआईजी वरीयतामा पहिलो नम्बरमा रहेका कुँवरलाई बढुवा गरेको हो । २००७ चैतमा स्थापना भएको प्रहरीमा उनी ३० औं आईजीपी बनेका छन् ।
२०२६ चैत १५ मा अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएका उनी २०५१ चैत ५ मा निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । अहिलेको सेवा अवधि कायम रहे उनी २०८१ चैतमा अवकाशमा जानेछन् । २०६३ भदौ ८ मा डीएसपी, २०७१ फागुन १० मा एसपी, २०७५ फागुन ६ मा एसएसपी र २०७९ असार १७ मा डीआईजी बनेका उनले विभिन्न जिल्लाका अलावा प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा बसेर काम गरिसकेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा उनी स्नातकोत्तर हुन् । २०७३ मा चितवन प्रहरी प्रमुख रहँदा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखको अवार्ड पाएका थिए । उनी गएको असार १७ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । डीआईजीमा बढुवा हुँदा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए । गत फागुन २६ मा उनीसहित पाँच जना डीआईजीबाट एआईजीमा सिफारिस भएका थिए । त्यसको २ साता नबित्दै कुँवर प्रहरी नेतृत्वमा आएका हुन् ।
प्रहरी प्रवक्तासमेत रहिसकेका उनी संगठनमा हक्की स्वभावका अधिकृतका रूपमा चिनिन्छन् । राजनीतिक रूपमा भने उनको पारिवारिक पृष्ठभूमि कांग्रेससँग निकट छ । आईजीपीमा बढुवा भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै कुँवरले आफू प्रहरी संगठनलाई चुस्त, व्यावसायिक र कानुनप्रदत्त जिम्मेवारी प्रभावकारी रूपमा लागू गर्न लागिपर्ने बताए ।
त्यसका लागि आफ्ना सहकर्मीहरूका सुझाव/सल्लाह र सामूहिक निर्णय प्रणालीबाट अघि बढ्ने उनको भनाइ छ । १० वर्षे सशस्त्र द्वन्द्वकालमा भने उनीमाथि मानवअधिकार उल्लंघन गरेको आरोप लागेको छ । त्यही कारण केही देशले उनलाई मानवअधिकार उल्लंघनकर्ताको सूचीमा समेटेको छ ।
बढुवालगत्तै महानिरीक्षक सिंहले कुँवरलाई प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गराएका थिए । त्यस क्रममा प्रधानमन्त्रीले बलियो प्रहरी संगठनका रूपमा बचाइराख्न नवनियुक्त महानिरीक्षक कुँवरलाई निर्देशन दिएका छन् ।
प्रहरी नेतृत्वमा पुग्नेले निश्चित पदमा बसेर लिनुपर्ने अनुभव र दक्षतामा अवैज्ञानिक वृत्तिविकास र सेवा अवधिसम्बन्धी प्रावधान बाधक बनेको छ । पुराना अधिकृतहरू पदावधि र उमेरभन्दा ३० वर्षे सेवा अवधिबाट अवकाशमा जानुपर्ने बाध्यताले एकै पटक अनुभवी जनशक्तिको रिक्तता प्रहरीमा देखिएको छ । ३० वर्षे सेवा अवधिका कारण २०४९ चैत ११ मा सेवा प्रवेश गरेका आईजीपी धीरजप्रताप सिंह र तीन एआईजी, ३ डीआईजी र २ एसएसपी एकै पटक शनिबारदेखि अवकाशमा गएका छन् । आईजीपी सिंहसहित एआईजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी, डीआईजीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, मसाउद आलम खाँ तथा एसएसपीहरू उमाशंकर पञ्जियार र जनक पाण्डेको बिदाइ भएको हो ।
बढुवापछि निश्चित पदमा बसेर निश्चित अवधिसम्म अनुभव बटुल्न नपाउँदै सिधै नेतृत्वमा पुग्दा त्यसको असर भावी दिनमा नीतिगत तह र प्रशासनिक एवं शान्तिसुरक्षा व्यवस्थापन र जनशक्ति परिचालनमा देखा पर्न सक्छ । एक अधिकृतलाई एक वर्षको अवधि पूरा नहुँदै तीन पटक बढुवा गर्नुपर्ने बाध्यता आइपरेको छ । ३० वर्षे अवधि हटाएको भए अघिल्लो ब्याचका अधिकारी २ वर्ष सेवामै रहने थिए । त्यसबेलासम्म एआईजीमा पुगेकाहरूमा जिम्मेवारीमा परिपक्वता हुन्थ्यो । तर, त्यसअगावै २०४९ का ब्याची अवकाशमा गएपछि गत असार १६ सम्म एसएसपी रहेका अधिकृत त्यसपछिको ९ महिना नबित्दै डीआईजी, एआईजी र शुक्रबार त्यहीमध्येका कुँवर आईजीपीमा बढुवा भएका छन् ।
सामान्यतया ९/१० महिनामा कर्मचारीको कार्यसम्पादन मूल्यांकनसमेत हुँदैन । तर, थिति बिग्रेका कारण कार्यसम्पादनको पक्ष प्रहरी नेतृत्वका लागि टाढाको विषय बनेको छ । यसले गर्दा प्रहरी अधिकृतहरूलाई आईजीपी र एआईजीजस्ता माथिल्ला तहमा पुग्न अनि त्यसको अनुभव र योग्यता परीक्षणको बाटो पनि अवरुद्ध हुन पुगेको छ । यसले आन्तरिक प्रशासन सुधार एवं सञ्चालन, शान्तिसुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, अन्तरसुरक्षा निकाय सम्बन्धलगायत विषय तथा अरू नीतिगत क्षमतामा रिक्तता आउने जोखिम झनै बढेको छ । प्रहरीमा उमेरहद, सेवा अवधि र पदावधिमध्ये जुन अघि आउँछ, त्यसकै आधारमा अवकाशमा जानुपर्ने बाध्यकारी प्रावधान नियमावलीमा छ ।
निजामती, सेना र राष्ट्रिय अनुसन्धान विभागमा सेवा अवधि छैन । उमेर र पदावधिबाट अवकाश हुने व्यवस्था छ । तर, प्रहरी र सशस्त्रमा यसका अलावा अवकाशमा जान सेवा अवधि पनि थपिएको छ । अपवादबाहेक प्रायः सबैजसो उच्च पदस्थ प्रहरी अधिकृतहरू पछिल्लो दशकयता सेवा अवधि र पदावधिबाट अवकाशमा गइरहेका छन् ।
सेवा र सर्तका प्रावधान ऐनमै समेट्न सर्वोच्च अदालतले दिएको परमादेशको पनि पालना भएको छैन । जसले गर्दा अवैज्ञानिक ३० वर्षे प्रावधानले संगठनमा अनुभवी अधिकृतहरूको रिक्तता पैदा भएको छ । यसलाई कानुनमै समेटेर सेवा अवधि हटाउन सरकारले तदारुकता देखाएको छैन । २०७० कात्तिकमा केही दिन एआईजी बनेका उपेन्द्रकान्त अर्याल उक्त पदको परिपक्व अनुभव नलिँदै आईजीपी बनेका थिए । त्यसपछि नेतृत्वमा आएका प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली डीआईजीबाट सिधै आईजीपी बने । निवर्तमान आईजीपी शैलेश थापा अपवाद रहे । थापापछि नेतृत्वमा आएका महानिरीक्षक सिंह डेढ महिना मात्रै एआईजी बने । ९ महिनाअघि एसएसपी रहेका कुँवर त यो अवधिमा तीन पटक बढुवा भएर आईजीपी बनेका छन् ।
नेतृत्वमा पुगेका अधिकारीहरूले आफू अवकाशमा जाने बेला आफैंलाई लाभ हुने गरी सेवा अवधि थप्ने प्रयास गर्दा नेतृत्वको मुखमा पुगेका अधिकृतहरू विरोधमा उत्रिने गरेको पाइन्छ । अहिले पनि यो शृंखला दोहोरियो । यही समस्या पहिले विरोध गर्नेहरू अवकाशको मुखमा पुनः ३० वर्षे हटाउन लागिपरेका दृष्टान्त थुप्रै छन् । महानिरीक्षक सिंहले पनि सेवा अवधि हटाएर अवकाशका लागि उमेर र पदावधि लगाउने गरी ऐन संशोधनको प्रयासमा लागेका थिए । तर, अन्तिममा सरकारले यो बाटो लिन चाहेन । २०४९ फागुनमा तत्कालीन सरकारले ३० वर्षे प्रावधानका नाममा सुरु गरेको खेल अहिले पनि विवादको घेरामा छ । गृहमन्त्री हुँदा शेरबहादुर देउवाले महानिरीक्षक रत्नशमशेर राणालाई ३० वर्षे सेवा अवधि लगाएर अवकाशमा पठाएका थिए । उनीपछि मोतीलाल बोहरा नेतृत्वमा आए । त्यसपछि सेवा अवधि पुनः हटाएर अवकाशमा जान उमेर र पदावधि लगाइयो ।
बोहरापछि महानिरीक्षक बनेका अच्युतकृष्ण खरेललाई लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा गृहमन्त्री रहेका वामदेव गौतमले राष्ट्रिय अनुसन्धान विभागमा स्थानान्तरण गरेर ध्रुवबहादुर प्रधानलाई महानिरीक्षक बनाएका थिए । सरकारको निर्णय अस्वीकार गर्दै खरेल सर्वोच्चमा पुगे । २०५३ चैतदेखि २०५४ मंसिरसम्म प्रधान आईजीपी बने । तर, त्यसविरुद्ध अदालत गएका खरेललाई सर्वोच्चले पुनःस्थापित गरिदिएपछि प्रधान आउट भएका थिए ।
२०६२/६३ को जनआन्दोलनपछि नेतृत्वको मुखमा पुगेका एआईजी राजेन्द्रबहादुर सिंहलगायतलाई अवकाशमा पठाएर सरकारले निकटका व्यक्तिलाई प्रहरी नेतृत्वमा ल्याएको थियो । ओमविक्रम राणा ३० वर्षे प्रावधानकै कारण आईजीपी बने । उनीपछि ३०वर्षको अड्चन हटाएर हेमबहादुर गुरुङलाई आईजीपी बनाइयो । त्यसपछि भने फेरि ३० वर्ष सेवा अवधि कायम गरिएको थियो ।
हरेक पटक प्रहरी बढुवामा बिचौलिया र शक्तिकेन्द्रको चलखेल हुने गरे पनि यसपालि अगाडि रहेका कुँवर नै नेतृत्वमा आएका हुन् । प्रतिस्पर्धीलाई मिलाएर लैजान सक्नु, सरकार र प्रतिपक्षीलाई सन्तुलनमा राख्नु, कानुन कार्यान्वयन, अपराध अनुसन्धान तथा नियन्त्रणमा दलीय प्रभावबाट मुक्त हुनुजस्ता चुनौती उनका सामुन्ने छन् । त्यसमाथि गठबन्धन सरकारका आ–आफ्नै स्वार्थ
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया