पिडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै रसुवा बन्द

रसुवा । शनिवार रसुवाको टिमुरेमा करेन्ट लागर मृत्यु भएका कालिका गाउँपालिका–३ का शिव पौडेलको परिवार तथा आफन्तले राहात र दोषीलाई कारवाहीको माग गर्दै रसुवा बन्द गराएका छन् ।

उनीहरुले निर्माण कम्पनिले कामदारलाई सुरक्षा उपकरण उपलब्ध नगराएको र श्रमिक सुरक्षामा बेवास्ता गरेको तथा दुर्घटनापछि समेत पीडित परिवारलाई तत्काल राहत,क्षतिपूर्ति नदिएको आरोप लागेको छ।

टिमुरे–तातोपानी खण्डको बालुवा खानी नजिक राजमार्ग सतहमा हिलोका कारण चक्का दबिएको मालबाहक ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा स्काभेटरको बकेटले प्रवाह भइराखेको विद्युत् प्रसारण लाइनमा बकेटले छुँदा करेन्ट लागेर चालकको मृत्यु भएको थियाे ।
उक्त स्काभेटर लामो समयदेखि टिमुरे क्षेत्रमा काम गरिरहेको स्थानीयले बताएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विवरणअनुसार, स्काभेटरको बकेटले विद्युत् प्रसारण लाइन छोएपछि पौडेलको घटनास्थलमै निधन भएको थियो। स्थानीय स्रोतका अनुसार, कामदारलाई सुरक्षा उपकरण उपलब्ध नगराइएको र विद्युत् लाइन नजिक काम गर्दा सावधानी अपनाइएको थिएन।
यसैबीच, हाइड्रोपावर कम्पनीमाथि श्रमिक सुरक्षामा बेवास्ता गरेको र दुर्घटनापछि समेत पीडित परिवारलाई तत्काल राहत वा क्षतिपूर्ति नदिएको आरोप लागेको छ।
दुर्घटनापछि स्थानीयवासी र श्रमिक संगठनहरूले पीडित परिवारका लागि उचित क्षतिपूर्ति, सन्तानको शिक्षाको ग्यारेन्टी, र भविष्यमा यस्ता दुर्घटना नदोहोरिने व्यवस्था सुनिश्चित गर्न माग गरेका छन्।
यस्तै, जनदबाब सिर्जना गर्न अनिश्चितकालीन रसुवाबन्द प्रस्तावसमेत गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया