छैठौ अन्तर कलेज टि–२० क्रिकेटको उपाधि रणभुवनेश्वरी माविलाई
नुवाकोट । नुवाकोटको बट्टारमा जारी छैठौ अन्तर कलेज टि–२० क्रिकेट प्रतियोगिताको उपाधि रणभुवनेश्वरी माविले जितेको छ ।
नुवाकोट क्रीकेट संघको आयोजना तथा बिदुर नगरपालिकाको सह–आयोजनामा भएको प्रतियोगितामा नारायण देवि माविलाई ४३ रनले पराजित गर्दै रणभुवनेश्वरी माविले उपाधि उचालेको हो ।
टस हारेर ब्याटिङमा आएको रणभुवनेश्वरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एकसय २६ रन बनाएको थियो ।
रणभुवनेश्वरीको लागि राजेश रिमालले सर्वाधिक २७ रन बनाए भने पवन राईले विस्फोटक ब्याटिङ गर्दे ८ वलमा २२ बनाए । त्यस्तै राजन थापामगरले नटआउट रहँदै १६ रन बनाउन सफल भए ।
वलिङतर्फ नारायणदेविका वलर आशिक नेपाली र सुवोद लामिछानेले समान ४÷४ विकेट लिए ।
जवाफमा एकसय २७ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको नारायणी देवि माविले निर्धारित २० ओभरमा १० विकेट गुमाई ८३ रनमा समेटिएको थियो । नारायणदेविको लागि आशिक नेपालीले २९ र सुनिल अधिकारीले १३ रन बनाउनुवाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् ।
नाराणदेविलाई सस्तैमा समेट्न रणभुवनेश्वरीको लागि राजेश रिमाल एक्लैले ६ विकेट हात पारे । यस्तै निराजन थापा मगरले ३ विकेट लिए भने पवन राईको नाममा एक विकेट रह्यो ।
प्रतियोगिताको उपाधि विजेता रणभुवनेश्वरीले नगद २५ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।
यस्तै प्रतियोगितामा दोस्रो भएको नारायण देविलमाविले नगद १५ हजार रुपैयाँ मेडल ट्रफी र प्रमाणपत्र हात पार्न सफल भएको छ ।
विजेता तथा उपविजेता टोलीलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष गिता अमात्य लगायतले नगद र ट्रफी वितरण गरेका थिए ।
प्रतियोगितामा रणभुवनेश्वरी मावि, नारायणदेवि मावि, नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टार र त्रिभुवन त्रिशुली माविको सहभागिता रहेको नुवाकोट क्रिकेट संघका सचिव करण खतिवडाले जानकारी दिए ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा भएको प्रतियोगिता फागुन २६ गतेदेखि २९ गतेसम्म संचालन भएको थियो ।
ट्रफी हस्तान्तरण कार्यक्रममा लुम्विनी विकास बैंक लिमिटेड बट्टार शाखाका प्रमुख विश्वमभरसिंह डंगोल, विदुर नगरपालिका वडा नम्बर ६ का कार्यवाहक वडाध्यक्ष रामचन्द्र पौडेल, सत्यसाई मार्केटिङका प्रोपाइटर जोनी जेके, दुवाल ब्रोदरका अध्यक्ष सुन्दरमान दवाल, लाइन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ज्ञानेश्वर अमाथ्य लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया