छैठौ अन्तर कलेज टि–२० क्रिकेटको उपाधि रणभुवनेश्वरी माविलाई

विदुर खबर २०७९ फागुन २९ गते १५:४०

नुवाकोट । नुवाकोटको बट्टारमा जारी छैठौ अन्तर कलेज टि–२० क्रिकेट प्रतियोगिताको उपाधि रणभुवनेश्वरी माविले जितेको छ ।

Advertisement

नुवाकोट क्रीकेट संघको आयोजना तथा बिदुर नगरपालिकाको सह–आयोजनामा भएको प्रतियोगितामा नारायण देवि माविलाई ४३ रनले पराजित गर्दै रणभुवनेश्वरी माविले उपाधि उचालेको हो ।

टस हारेर ब्याटिङमा आएको रणभुवनेश्वरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एकसय २६ रन बनाएको थियो ।

Advertisement

रणभुवनेश्वरीको लागि राजेश रिमालले सर्वाधिक २७ रन बनाए भने पवन राईले विस्फोटक ब्याटिङ गर्दे ८ वलमा २२ बनाए । त्यस्तै राजन थापामगरले नटआउट रहँदै १६ रन बनाउन सफल भए ।

वलिङतर्फ नारायणदेविका वलर आशिक नेपाली र सुवोद लामिछानेले समान ४÷४ विकेट लिए ।

Advertisement

जवाफमा एकसय २७ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको नारायणी देवि माविले निर्धारित २० ओभरमा १० विकेट गुमाई ८३ रनमा समेटिएको थियो । नारायणदेविको लागि आशिक नेपालीले २९ र सुनिल अधिकारीले १३ रन बनाउनुवाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् ।

नाराणदेविलाई सस्तैमा समेट्न रणभुवनेश्वरीको लागि राजेश रिमाल एक्लैले ६ विकेट हात पारे । यस्तै निराजन थापा मगरले ३ विकेट लिए भने पवन राईको नाममा एक विकेट रह्यो ।

प्रतियोगिताको उपाधि विजेता रणभुवनेश्वरीले नगद २५ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।

यस्तै प्रतियोगितामा दोस्रो भएको नारायण देविलमाविले नगद १५ हजार रुपैयाँ मेडल ट्रफी र प्रमाणपत्र हात पार्न सफल भएको छ ।

विजेता तथा उपविजेता टोलीलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष गिता अमात्य लगायतले नगद र ट्रफी वितरण गरेका थिए ।

प्रतियोगितामा रणभुवनेश्वरी मावि, नारायणदेवि मावि, नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टार र त्रिभुवन त्रिशुली माविको सहभागिता रहेको नुवाकोट क्रिकेट संघका सचिव करण खतिवडाले जानकारी दिए ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा भएको प्रतियोगिता फागुन २६ गतेदेखि २९ गतेसम्म संचालन भएको थियो ।

ट्रफी हस्तान्तरण कार्यक्रममा लुम्विनी विकास बैंक लिमिटेड बट्टार शाखाका प्रमुख विश्वमभरसिंह डंगोल, विदुर नगरपालिका वडा नम्बर ६ का कार्यवाहक वडाध्यक्ष रामचन्द्र पौडेल, सत्यसाई मार्केटिङका प्रोपाइटर जोनी जेके, दुवाल ब्रोदरका अध्यक्ष सुन्दरमान दवाल, लाइन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ज्ञानेश्वर अमाथ्य लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया