विदुर नगरपालिकामा जागिरको अवसर
विदुर खबर
२०७९ फागुन २८ गते २२:१७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले विभिन्न ९ पदको लागि कर्मचारी माग गरेको छ ।
नगरपालिकाको यहि फागुन २३ गते एक सुचना निकालेर ७ जना अहेब एक जना लेखा अधिकृत र एकजना वित्तिय साक्षरता सहजकर्तासहित ९ जना कर्मचारीहरु माग गरेको हो ।
ईच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको १५ दिनभित्र विदुर नगरपालिकाको नाममा रहेको नेपाल बैंक लिमिटेडको त्रिशुली शाखामा रहेको खाता नं ०२६०३०००००१००१०००००४ मा रकम दाखिला गरेको बैंक भौचर वा कार्यालयमा नगदी रसिदसहित दरखास्त दिन व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
उक्त पदहरूको लागि दरखास्त फाराम नगरपालिकाको वेबसाईटबाट पनि डाउनलोड गर्न सकिने व्यवस्था गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया