आजको मौसम : कतै मेघ गर्जनसहित वर्षा, कतै हिमपात

विदुर खबर २०७९ फागुन २५ गते ८:५४

नुवाकोट । आज देशका केही क्षेत्रमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ भने केही क्षेत्रमा हिमपात हुने भएको छ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ भने उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Advertisement

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Advertisement

कोशी प्रदेश र गण्डकी प्रदेशका  उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया