आजको मौसम : पहाडी भूू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

विदुर खबर २०७९ फागुन २३ गते १०:०६

नुवाकोट । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

Advertisement

सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज (मंगलबार) दिउँसो देशका पहाडी भूू–भागमा आंशिक बदली रही बाँकी भूू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

Advertisement

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूू–भागका एकू–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूू–भागका एकू–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूू–भागमा आंशिक बदली रही देशका बाँकी भूू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

Advertisement

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया