सहकारीको कार्यालय फोड्ने नुवाकोटका तामाङ पक्राउ
विदुर खबर
२०७९ फागुन १६ गते १९:०१
नुवाकोट । सहकारी कार्यालय फोडेर २ लाख रुपैयाँ चोरेको आरोपमा नुवाकोटका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ का रुपबहादुर तामाङ रहेका छन् । उनलाई सहकारीको कार्यालय फोडेर २ लाख रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखा नगरपालिका वडा नम्ब। ७ को मिसास वचत तथा ऋण सहकारी संस्थाको ढोका फोडेर २ लाख रुपैयाँ चोरी गरेको आरोपमा तामाङलाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौंको बसुन्धराबाट चोरीमा प्रयोग भएको सामग्रीसहित पक्राउ गरेर अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज बुझाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया