सहकारीको कार्यालय फोड्ने नुवाकोटका तामाङ पक्राउ

विदुर खबर २०७९ फागुन १६ गते १९:०१

नुवाकोट । सहकारी कार्यालय फोडेर २ लाख रुपैयाँ चोरेको आरोपमा नुवाकोटका एक युवक पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ का रुपबहादुर तामाङ रहेका छन् । उनलाई सहकारीको कार्यालय फोडेर २ लाख रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखा नगरपालिका वडा नम्ब। ७ को मिसास वचत तथा ऋण सहकारी संस्थाको ढोका फोडेर २ लाख रुपैयाँ चोरी गरेको आरोपमा तामाङलाई पक्राउ गरेको हो ।

Advertisement

उनलाई काठमाडौंको बसुन्धराबाट चोरीमा प्रयोग भएको सामग्रीसहित पक्राउ गरेर अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज बुझाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया