सिसडोलमा फोहोर फाल्ने स्वास्थ्य संस्थालाई महानगरले तिरायो ५० हजार जरिवाना
नुवाकोट । काठमाडौं महानगरपालिकाले चिकित्साजन्य फोहोर सिसडोल ल्याण्डफिल साइटमा लगेर फाल्ने एक स्वास्थ्य संस्थालाई जरिवाना गरेको छ ।
चिकित्साजन्य हानिकारक फोहोर ल्याण्डफिल साइट पुर्याएको पाइएपछि सुनौलो परिवार नेपाल नामक स्वास्थ्य संस्थालाई ५० हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।
महानगरपालिका-५ मा रहेको उक्त स्वास्थ्य संस्थाले बिरामीको उपचारका क्रममा प्रयोग भएका सिरिञ्जलगायतका सामग्रीहरु ल्याण्डफिल साइटमा लगेर फालेको पाइएको महानगरले जनाएको छ ।
महानगरले फोहोर व्यवस्थापनसँग सम्बन्धित अनधिकृत क्रियाकलापलाई नजिकबाट निगरानी गरिरहेको वातावरण तथा कृषि विभागका प्रमुख रवीनमान श्रेष्ठले बताए ।
‘कानुनले बर्जित गरेका फोहोर ल्याण्डफिल साइटमा लैजाने जोसुकैलाई पनि कारबाही गर्छौं,’ श्रेष्ठले भने, ‘अहिले काठमाडौंसहित उपत्यकाका सबै नगरको फोहोर बञ्चरे डाँडास्थित ल्याण्डफिल साइटमा व्यवस्थापन भइरहेको छ ।’
सामान्य फोहोर मात्रै लैजान मिल्ने भन्दै हानिकारक फोहोरलाई उत्पादक आफैंले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदल्नु पर्ने उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया