सिसडोलमा फोहोर फाल्ने स्वास्थ्य संस्थालाई महानगरले तिरायो ५० हजार जरिवाना

नुवाकोट । काठमाडौं महानगरपालिकाले चिकित्साजन्य फोहोर सिसडोल ल्याण्डफिल साइटमा लगेर फाल्ने एक स्वास्थ्य संस्थालाई जरिवाना गरेको छ ।
चिकित्साजन्य हानिकारक फोहोर ल्याण्डफिल साइट पुर्याएको पाइएपछि सुनौलो परिवार नेपाल नामक स्वास्थ्य संस्थालाई ५० हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।
महानगरपालिका-५ मा रहेको उक्त स्वास्थ्य संस्थाले बिरामीको उपचारका क्रममा प्रयोग भएका सिरिञ्जलगायतका सामग्रीहरु ल्याण्डफिल साइटमा लगेर फालेको पाइएको महानगरले जनाएको छ ।
महानगरले फोहोर व्यवस्थापनसँग सम्बन्धित अनधिकृत क्रियाकलापलाई नजिकबाट निगरानी गरिरहेको वातावरण तथा कृषि विभागका प्रमुख रवीनमान श्रेष्ठले बताए ।
‘कानुनले बर्जित गरेका फोहोर ल्याण्डफिल साइटमा लैजाने जोसुकैलाई पनि कारबाही गर्छौं,’ श्रेष्ठले भने, ‘अहिले काठमाडौंसहित उपत्यकाका सबै नगरको फोहोर बञ्चरे डाँडास्थित ल्याण्डफिल साइटमा व्यवस्थापन भइरहेको छ ।’
सामान्य फोहोर मात्रै लैजान मिल्ने भन्दै हानिकारक फोहोरलाई उत्पादक आफैंले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदल्नु पर्ने उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया