नुवाकोटको बेलकोटगढीमा ग्यास पड्किएर आगलागी
विदुर खबर
२०७९ फागुन १६ गते ७:२७
नुवाकोट । बेलकोटगढी नगरपालिका ८ पाँचखलेस्थित विश्वनाथ पुडासैनीको घरमा ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।
आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काले बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले आगलागी पीडितलाई स्थानीय प्रशासन र नेपाल रेडक्रस सोसाइटीको संयुक्त रुपमा आवश्यकीय सहयोग र सामग्री प्रदान गरेका थिए ।
ढुंगा, माटोले बनेको र जस्ताले छाएको घर आगलागीमा परेर घर पूर्णरुपमा जलेको छ । बिदुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया