नुवाकोटमा मोटरसाईकल र्दुघटना हुँदा गेर्खुका प्याकुरेलको मृत्यु

विदुर खबर २०७९ फागुन १० गते २१:४५

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा मोटरसाईकल र्दुघटना हुँदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका विष्णु प्याकुरेल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।पिपलटारबाट बट्टारतर्फ जादै गरेको बा.प्र.०२–०२२ प २७७२ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई सडक छेउको कलबोटमा ठोक्किँदा प्याकुरेल गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ । र्दुघटनामा मोटरसाइकल पछाडि बसेका अस्थाई प्रहरी चौकी विदुरमा कार्यरत प्रहरी जवान भिमप्रसाद महत घाइते भएका छन् । उनको टाउको र दाहिने हातमा गम्भीर चोट लागेको छ । उनलाई सामान्य उपचारपछि काठमाण्डौ पठाइएको छ ।

Advertisement

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया