नुवाकोटमा मोटरसाईकल र्दुघटना हुँदा गेर्खुका प्याकुरेलको मृत्यु
विदुर खबर
२०७९ फागुन १० गते २१:४५
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा मोटरसाईकल र्दुघटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका विष्णु प्याकुरेल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।पिपलटारबाट बट्टारतर्फ जादै गरेको बा.प्र.०२–०२२ प २७७२ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई सडक छेउको कलबोटमा ठोक्किँदा प्याकुरेल गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ । र्दुघटनामा मोटरसाइकल पछाडि बसेका अस्थाई प्रहरी चौकी विदुरमा कार्यरत प्रहरी जवान भिमप्रसाद महत घाइते भएका छन् । उनको टाउको र दाहिने हातमा गम्भीर चोट लागेको छ । उनलाई सामान्य उपचारपछि काठमाण्डौ पठाइएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया