विदुर १२ को समग्र विकासमा ध्यान दिन सांसदद्धय केसी र तामाङको ध्यानाकर्षण

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ का कच्ची सडकहरुलाई पक्की बनाइदिन नेपाली कांग्रेस विदुर १२ ले पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्रि अर्जुननरसिंह केसीसँग माग गरेका छन् ।
नेपाली कांग्रेस विदुर १२ का इकाइ सभापति देवेन्द्र घिमिरेसहितको टोलीले नुवाकोट क्षेत्र नम्बर २ का सांसद अर्जुननरसिंह केसी र नेपाली कांग्रेस बाग्मति प्रदेशसका संसदीय दलका नेता तथा नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश ख का सांसद बहादुरसिंह लामासँग विदुर १२ अन्र्तगत रहेका गौरिबेशी–चारघरे, कठेरी–भट्टगाऊ,भदुवार–पन्थगाऊ हुँदै चैनपुर जोड्ने सडक कालोपत्रे गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेक नेपाली कांग्रेस विदुर १२ का सचिव सुरेन्द्र रिमालले जानकारी दिए ।
उनीहरुले आगामी आर्थिक वर्षको बजेटबाटै सडकको स्तरउन्नती गरि सडक निरन्तर संचालनको व्यवस्था मिलाउन माग गरेका हुन् । उनीहरुले अहिलेकै अवस्था कायम रहे वर्षाको समयमा विदुर–१२ का सबै सडकहरु संचालन हुन नसक्ने भन्दै भन्दै केसी र लामासँग गुनासो पोखेका थिए ।
उनीहरुको मागलाई सम्बोधन गर्दै केसीले यस विषयमा आफु सकरात्मक रहेको बताए । साथै केन्द्र र प्रदेश सरकारसँग यस विषयमा गम्भीर रुपमा छलफल गर्ने बताए । केसीले विदुर १२ आफ्नो निर्वाचन क्षेत्र भएकोले अझै बढी प्राथमिकतामा राख्ने समेत उल्लेख गरे ।
यस्तै नेपाली कांग्रेस बाग्मति प्रदेशसका संसदीय दलका नेता तथा नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश ख का सांसद बहादुरसिंह लामाले बिदुर १२ को समग्र विकास कार्यको लागि आफु सबैसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताएका छन् । उनले सडक यातायातको राम्रो व्यवस्था नभएकै कारण विदुर १२ नगरपालिका भएपनि विकास निर्माणमा पछाडी परेको बताए ।
उनले विकास निर्माणको काममा सबै राजनितिक दलको मुद्धा एक हुनुपर्ने उल्लेख गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया