भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो

विदुर खबर २०७९ माघ २५ गते १३:४५

एजेन्सी । सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ७ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

भूकम्पमा परी टर्कीमा मात्रै करिब ६ हजार जनाले ज्यान गुमाएका छन् । अहिले पनि उद्धार र खोजी कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले भूकम्पमा परी मृत्यु हुनेको संख्या २० हजार पुग्न सक्ने जनाएको छ । भूकम्पमा परी सिरियामा १९ सयभन्दा बढीको ज्यान गएको गार्डियनले उल्लेख गरेको छ ।

Advertisement

टर्कीका गृहमन्त्री सुलेमा सोयलुले आगामी ४८ घण्टा भूकम्पमा फसिरहेकाको उद्धारका लागि महत्त्वपूर्ण समय भएको जनाएका छन् । टर्कीका अधिकांश भागमा हिउँ परिरहेकाले पनि उद्धारमा कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन् । परकम्प आउने क्रम नरोकिएकाले अग्ला भवनहरू नबस्न आग्रह गरिएको छ । विमानस्थलका टर्मिनलमा समेत भूकम्पपीडितहरूले आश्रय लिइरहेका छन् ।

गार्डियनका अनुसार भूकम्पमा ५ हजार ७ सयभन्दा बढी भवन भत्किएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार करिब १४ लाख बालबालिका प्रभावित हुने भएका छन् । १७.९ किमि गहिराइसम्म पुगेको भूकम्पको धक्का सिरिया र लेबनानसम्म पुगेको छ । अदाना, मलातिए, ओसमानिया, एस्केमदेरन, किलिस, साम्ले उर्फासहित १० क्षेत्रमा असर पुगेको छ ।

Advertisement

प्रतिक्रिया