वाग्मती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा चालिसे

विदुर खबर २०७९ माघ २४ गते १९:१२

नुवाकोट । वाग्मती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् ।

Advertisement

मंगलबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालिसेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल ललितपुरमा बस्दै आएका चालिसे लुम्बिनी प्रदेशको बर्दियाका हुन् । चालिसे जनसंख्या र बुढ्यौली विद हुन । अध्ययन र अनुसन्धानमा क्षेत्रमा कृयाशिल चालिसे विश्व स्वास्थ्य संगठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमका विज्ञ सदस्य समेत हुन् । त्रिभुवन विश्व विद्यालयमा जनसंख्या विषय अध्यापन समेत गराउछन् ।

Advertisement

नेपाल जनसंख्या संघको उपाध्यक्ष रहेका उनले जापानको टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् भने अमेरिकबाट रिसर्च पूरा गरेका हुन् ।

अमृत साइन्स क्याम्पसबाट बीएससीसम्मको अध्ययन गरेका उनले स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयबाट गरेका थिए । उनी सो ब्याचका गोल्ड मेडलिस्टसमेत हुन् ।

Advertisement

प्रतिक्रिया