नुवाकोटको बुद्धभूमि हाइड्रोपावरले साधारणसभा बोलायो

नुवाकोट । नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले लाभांशबीनै चौधौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले फागुन ५ गते वालनट बिस्ट्रो एन्ड ब्यांकेटमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नेछ ।
आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने तयारी पनि गरेको छ ।
यस्तै सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
यसैगरी कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत गरेको आर्थिक सहयोग र कम्पनीको चुक्ता पूँजी र सञ्चित मुनाफा भन्दा बढी हुने गरी लिएको ऋणलाई पनि सभाले अनुमोदन गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १९ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार माघ १८ गतेसम्म कायम शेयरधनी मात्रै सभामा सहभागि हुन पाृनेछन् ।
प्रतिक्रिया