लायन बचत तथा ऋण सहकारीको पन्ध्रौ वार्षिक साधारणसभा सम्पन्न
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको लायन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिवार विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले साधारणसभाको उद्घाटन गर्दै सहकारीले छोटो समयमै ठुलो छलाङ मारेको भन्दै खुशी व्यक्त गरे ।
उनले नगरपालिकाभित्र एउटै प्रकृतिको सहकारीको संख्या बढेको भन्दै सहकारीहरुको गु्णात्मक बृद्धिको लागि मर्ज निति ल्याइने बताए । उनले न्युन आय भएका सदस्यहरुको आर्थिक हितका लागि सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । मेयर श्रेष्ठले सहकारीको तिनखम्बे निति अनुसार काम गर्न सके कुनैपनि सहकारीले समस्या भोग्नु नपर्ने समेत बताए ।
साधारणसभाले संस्थाका अध्यक्ष कुवेरमान श्रेष्ठले प्रस्तुत गरेको गत आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन तथा आ.व वर्ष २०७९÷८० निति तथा कार्यक्रम पारित गरेको छ । अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको गत वर्षको आर्थिक प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्ष सम्ममा १ हजार २ सय ५७ जना सेयर सदस्यवाट २ करोड ३३ लाख ३४ हजार २ सय रुपैयाँ सेयर पुँजी रहेको छ ।
यस्तै, कोषाध्यक्ष धुव्र ढकालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार संस्थाले गत आवमा १३ करोड ४५ लाख ५२ हजार ५ सय ५८ रुपैयाँ बचत संकलन गरेको बताए । उनले गत आवमा सहकारीले ९ करोड ७१ लाख ६० हजार ८ सय २९ रुपैया ऋृण लगानी गरेको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय सहकारी वैंकका नुवाकोटका प्रदिप अर्यालले प्रतिनिधि सहकारी संघसंस्था सहकारी बंैकको सेयर सदस्य समेत रहने भएकोले आफ्नो आर्थिक कारोवार सहकारी बैंक मार्फत नै गर्नुपर्नेमा जोड दिए ।
साधारणसभामा सहकारीले संस्थाका जेष्ठ सेयर सदस्य, उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई समेत सम्मान समेत गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया