त्रिशूली थ्री ‘बी’ आयोजना डेढ वर्षमा सक्न चिनियाँ कम्पनी सहमत
नुवाकोट । ३७ मेगावाटको त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजाना डेढ वर्षमा निर्माण सक्न चिनियाँ कम्पनी सहमत भएका छन्।
गत साता त्रिशूली जलविद्युत कम्पनी लिमिटेड र ठेकेदार कम्पनीबीच भएको मिटिङमा उनीहरु सहमत भएका हुन्। कम्पनी अध्यक्ष तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा जुम मिटिङ भएको थियो।
यो आयोजनाको चिनियाँ कम्पनी स्वीफा एएनएचई ग्रुप कम्पनी लिमिटेडले ठेक्का पाएको छ। ठेकेदार कम्पनीकै लापरवाहीका कारण यो आयोजना ५ महिनादेखि अलपत्र परेको छ। आयोजना अलपत्र परेपछि घिसिङ आयोजनास्थलमा पुगेर निर्माण कम्पनीका प्रतिनिधीसंग जंगिएका थिए।
यदि काम गर्न नसके हात उठाउन निर्देशन दिएका थिए। त्यसलगत्तै घिसिङले जुममार्फत कम्पनी हेड अफिसमा मिटिङ गरेका थिए। उक्त मिटिङमा डेढ वर्षमा बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाएका थिए। सो अनुसार माइन्युटिङ समेत भएको छ।
यो आयोजनाको काम ३६ महिनामा सक्ने गरी चिनियाँ कम्पनी सिचुवान एएनएचईले पाएको थियो। उक्त कम्पनीलाई चीन सरकार स्वामित्वको स्वीफा एएनएचई ग्रुपले प्राप्ती गर्यो। कम्पनीको व्यवस्थापन चेन्ज भएपछि कामै रोकिएको थियो। अहिले कम्पनीका प्रतिनिधीहरु साइटमा आएर पूर्व तयारीको काम गरिरहेको त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक मोहनप्रसाद गौतमले बताए।
उनका अनुसार अहिले साइटमा पुन:काम सुरु गर्नका लागि इक्विपमेन्ट, निर्माण सामग्री व्यवस्थापनको काम गरिरहेको छ। जनवरीभित्रै फुलफ्लेजमा काम सुरु गर्ने प्रतिबद्धता जनाएको गौतमको भनाइ छ।
यो ६० मेगावाटको त्रिशुली-३ ‘ए’ जलविद्युत आयोजनाको क्यासकेड आयोजना हो। विभिन्न प्राविधिक समस्या आएका कारण आयोजना ढिला भएको छ। आयोजनाको ठेक्का लगाउने वित्तिकै कोरोना भाइरसको संक्रमण सुरु भयो। जसका कारण १५ महिना आयोजनाको काम प्रभावित भयो।
त्यसपछि पनि आयोजनामा जियोलोजिकल समस्या आयो। उक्त समस्या अहिले समाधान भइसकेको छ। विभिन्न खालका समस्या आएका कारण आयोजनाले २ वर्ष समय थपिदिएको छ। यो थपिएको समय पनि फागुन ११ गते सकिँदैछ। माइन्युटिङ भएको दिनदेखिका लागि डेढ वर्ष समय चिनियाँ कम्पनीलाई दिइएको गौतमले बताए।
यो आयोजनाको ३८०५ मिटर सुरुङमार्गमध्ये ४०५ मिटर खन्न बाँकी छ। सुरुङमार्ग फिनिसिङको काम बाँकी नै छ। सर्ज ट्यांक खन्ने काम बाँकी नै छ। पावर हाउस निर्माणको काम बाँकी नै छ। हाइड्रो मेकानिकल तर्फको ठेक्का पनि यही कम्पनीले पाएको छ। डिजाइन तयार भएको छ। अरु काम बाँकी नै छ।
यो आयोजनाबाट वार्षिक सरदर २९२.५८ गिगावाट ऊर्जा उत्पादन हुनेछ। कम्पनीले विद्युत बेचेर वार्षिक १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी गर्न सक्छ। चार वर्षमा प्रतिफल दिन सक्ने कम्पनी प्रक्षेपण गरिएको छ। यो आयोजनाका लागि ८ अर्ब २२ करोड रुपैयाँ लाग्ने अनुमान छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया