लोकप्रिय उपभोत्ता सहकारी संस्थाको अध्यक्षमा चन्द्रवहादुर कुमाल

विदुर खबर २०७९ पुष १५ गते २२:२८

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको लोकप्रिय उपभोत्ता सहकारी संस्था लिमिटिेडको अध्यक्षमा चन्द्रवहादुर कुमाल चयन भएका छन् ।

Advertisement

शुक्रवार सहकारीको चौथो अधिवेशनले कुमालको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा दिपेन्द्र सापकोटा, सचिवमा ईश्वर पुडासैनि, कोषाध्यक्षमा रामहरी घिमिरे चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा ईश्वरी कुमाल, उत्सब अर्याल, कमला सडौला, गुणदास कुमाल, संमसेर लामा, गिता बस्नेत, मेनुका चौलागाइ, टेक बहादुर धमला, नारायण भट्ट चयन भएको सचिव ईश्वर पुडासैनीले जानकारी दिए ।

Advertisement

यस्तै लेखासमितिको संयोजकमा पुरुषोतम डोटेल चयन भएका छन् भने सदस्यहरुमा राजु मगराति र रबिता कुमाल चयन भएका छन् ।

प्रतिक्रिया