शुभ–प्रभात बचत तथा ऋण सहकारीको १५ औ वार्षिक साधारणसभा सम्पन्न

विदुर खबर २०७९ पुष ९ गते १८:४९

नुवाकोट। विदुर नगरपालिका वडा नम्बर २ ईन्द्रचोकमा रहेको शुभ–प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

Advertisement

साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले आर्थिक वर्ष २०७८÷७९ मा सहकारीले सम्पुर्ण खर्च कटाई ३१ लाख ८५ हजार ४ सय ६ रुपैँया नाफा गरेको बताए ।

उनले हाल सहकारीमा ३ करोड २७ लाख १० हजार ५ सय १५ रुपैयाँ रकम मौज्दात रहेकोले लगानी योग्य पूंजी अभाव नरहेको बताए । उनले सहकारीले रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा समेत कार्यक्षेत्र विस्तार गरेकोले चालु आर्थिक वर्षमा शाखा खोल्ने तयारी रहेको समेत जानकारी दिए ।

Advertisement

त्यस्तै सहकारीका कोषाध्यक्ष रामराजा श्रेष्ठले सहकारीको आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७९÷८० को अनुमानित आय व्यय प्रस्तुत गर्दे सहकारीको आफ्नै भवन छिट्टै निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले सेयर सदस्यहरु थप गरि सहकारीको कार्य क्षेत्र थप विस्तार गर्ने लक्ष्य लिएर सहकारीको दायरा फराकिलो बनाउन लागेको बताए ।

Advertisement

कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले आर्थिक समृद्धिको बाटोमा हिँड्न सहकारीले महत्वपुर्ण योगदान गरेको बताइन् । उनले सहकारीले स्थानिय कृषि र पशुपालन व्यवसायलाई प्रर्वद्धन गर्नुपर्ने भन्दै त्यसका लागि सानासाना पुजीँ समेत संकलन गर्नुपर्ने बताइन् ।

उपमेयर बोगटीले नगरपालिकाभित्र रहेका केही सहकारी संस्थामा विकृति देखिएकोले त्यसको नियमन कडा गर्न नगरपालिका तयार रहेको समेत उल्लेख गरिन् ।

यस्तै साधारणसभामा बोल्दै जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले जिल्लामा रहेका अन्य सहकारी संस्थाहरुमध्ये शुभ–प्रभात बचत तथा ऋृण सहकारी संस्था लिमिटेड उत्कृष्ट रहेकोले गत आर्थिक वर्षमा रााष्ट्रिय सहरकारी बैंकले सम्मान गरेको बताए ।

उनले निति विधि र पद्धति अबलम्न गरेका सहकारी संस्था मात्र सफल रहेको भन्दै सबैले यसलाई पालना गर्नुपर्ने बताए ।

कार्यक्रममा नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रमेश श्रेष्ठले प्रत्येक टोलटोलमा सहकारी रहेको भन्दै सहकारीहरु मर्ज गरेर संख्यात्मक भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।

साधारणसभाको अवसर पारेर सहकारीले जेष्ठ सेयर सदस्य, उत्कष्ट बचतकर्ता तथा ऋृणकर्तालाई समेत सम्मान गरेको छ ।

साधारणसभामा सगरमाथा ईन्सुरेन्सका पव्लिक डाइरेक्टर गजेन्द्रलाल श्रेष्ठ, विदुर नगरपालिका वडा नं २ का वडा सदस्यसबु मिजार, अंसुवाटिका कृषि सहकारी संस्थाका अध्यक्ष रामलाल डंगोल लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया