बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु
विदुर खबर
२०७९ पुष ८ गते २१:०८

नुवाकोट । बाँके बाल्टिनको पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । हिजो (बिहीबार) ती मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्लाको बैजनाथ गाउँपालिका–३ सुतैया बस्ने कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्द रहेको बाँके प्रहरीले जनाएको छ ।
आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेर घाइते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सम्बन्धित
प्रतिक्रिया