एक करोड रकमसहित सहकारीका अध्यक्ष फरार
विदुर खबर
२०७९ पुष ३ गते ७:१३
नुवाकोट । सप्तरीको राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष करोडौं रुपैयाँ लिएर फरार भएका छन् ।
राजविराज नगरपालिका–७ मा रहेको सहकारीका अध्यक्ष बेचन यादवसहित पदाधिकारी एक करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएका हुन् । अध्यक्ष बेचन सप्तरीकै विष्णुपुर गाउँपालिका–१, जमुनीका बासीन्दा हुन् ।
बचतकर्ताका अनुसार संस्था सञ्चालक समितिका पदाधिकारी एक वर्षदेखि सम्पर्कमा आएका छैनन् । गएको मंसिर २० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गराए पनि प्रहरीले पक्राउ नगरेको बचतकर्ताको गुनासो छ ।
शनिबार बचतकर्ताले सहकारीका सचिव सिद्धार्थ तातेडलाई उनको घरबाट ल्याएर जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएका थिए ।
आक्रोशित बचतकर्ता शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीको मूलगेटमा केही बेर धर्नामा समेत बसेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया