नुवाकोटको भैसेमा दुई वस ठोक्किँदा १८ जना घाइते
विदुर खबर
२०७९ मंसिर २४ गते १३:०६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० भैसेमा दुई ओटा वस एक आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।
रसुवाको धुन्चेबाट काठमाडौं हिँडेको बा ४ ख ८८२ नम्बरको वस र नुवाकोटबाट रसुवातर्फ गइरहेको नमस्ते पासाङ ल्हामु यातायातको प्रदेश ३–०१००५ख ९३५४ नम्बरको डिलक्स वस एक आपसमा ठोक्र्किँएका हुन् ।
र्दुघटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइतेमध्ये १६ जनाको नुवाकोटको विभिन्न स्थानिय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने २ जना गम्भीर घाइतेलाई थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको छ ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया