बैतडीमा एक युवतीको घाँटी रेटेर निर्मम हत्या

विदुर खबर २०७९ मंसिर १५ गते ६:३८

नुवाकोट । बैतडीमा एक युवतीको घाँटी रेटी हत्या गरिएको छ । पञ्चेश्वर गाउँपालिका ४ का धनी लुहारकी २१ वर्षीय छोरी माया लुहारको घाँटी रेटेको अवस्थामा शव फेला परेको हो ।

Advertisement

त्यस्तै सोही गाउँकी १५ वर्षीया नेहा लुहार गम्भीर घाइते अवस्थमा फेला परेकी छन् । उनको घाँटीमा धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा भेटिएकी नेहालाई उपचारका लागि धनगढी लगिएको आफन्तले बताएका छन् ।

Advertisement

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया