करेन्ट लागेर रसुवामा एक जनाको मृत्यु
विदुर खबर
२०७५ भदौ २५ गते ४:४६

रसुवा- रसुवामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। ज्यान जानेमा नौकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित देउराली डाँडाका वर्ष २२ का बुद्धिमान गोम्बो रहेका छन्।
आफ्नै घरको बरण्डामा बिजुली बत्ती बनाउने क्रममा करेन्ट लाग्दा शनिबार बेलुका साढे ६ बजे उनको मृत्यु भएकोे प्रहरी निरीक्षक ओम प्रकाश वाग्लेले बताए।गोम्बोको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया