बालाजु–ककनी–रानीपौवा सडकको स्तरोन्नति गराएरै छाड्छु : नेता केसी
नुवाकोट । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अलपत्र अवस्थामा रहेको पासाङ ल्हामु मार्गको पीपलटार–रानीपौवा–बालाजु सडक आफूले निर्माण गरेरै छाड्ने दाबी गरेका छन् ।

यसअघिको नेतृत्वले नहेरेको र आफूले त्यसको दुरावस्थालाई हेरेर नबस्ने उनको भनाइ छ । विदुर नगरपालिकाले बुधबार निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुको स्वागत तथा सम्मान कार्यक्रममा नेता केसीले देशमा व्याप्त भ्रष्टाचारको विरुद्धमा उभिने पनि बताए ।
‘देशमा व्याप्त भ्रष्टाचार विरुद्धमा लाग्दा र उभिँदा कहाँ पुग्ने, के नपाउने भन्ने छैन,’ उनले भने, ‘देश झण्डै ८ खर्ब ऋणबाट साढे १७ खर्ब ऋणमा परिणत भएको छ ।’
बर्सेनि व्यापार घाटा १६–१७ खर्ब पुगेको भन्दै उनले विदेशीको ऋणमात्र नभई अनियमितता र भ्रष्टाचारले सीमा नाघेको परिस्थिति रहेको उल्लेख गरे ।
मुलुकको संरक्षण र संवर्द्धन कसरी गर्ने भन्नेतिर विशेष ध्यान दिनु आवश्यक रहेको बताए । उनले विकास निर्माण जनप्रतिनिधि गम्भीर ढंगले लग्न पर्नेमा जोड दिए । उनले विदुरलाई स्मार्टसिटीको रुपमा विकास गर्ने बताए । त्यसैगरी बेलकोटगढीनगरमा औद्योगिक क्षेत्र विकास गर्न जग्गा अधिग्रहण गराउन पहल गरेर अगाडि बढाइने उनले बताए ।

पृथ्वीनारायण संग्रहालयको लागि पहल गरेको, नुवाकोट सम्पदा गाउँ निर्माण, उत्तरगया, ईतिहास संरक्षणका लागि नुवाकोटका कोटहरु, अब बन्ने तामाङ संग्रहालय निर्माण गराएर छाड्ने उनले बताए ।
त्यसैगरी, त्रिशूली लगायतका नदीमाथि भइरहेको दोहन रोक्ने नेता केसी बताए । ‘जुन दोहन गरिएको छ,’ उनले भने, ‘त्यो रोक्छु ।’
प्रदेशसभा सदस्य रामप्रसाद ढुंगाना, माओवादी केन्द्रका उम्मेदवार एवं जिल्ला इन्चार्ज विमला सुवेदी, संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीलगायतले धारणा राखेका थिए ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया