नुवाकोटमा धेरै मत बदर

विदुर खबर २०७९ मंसिर १५ गते ५:४४

Advertisement

नुवाकोट । नुवाकोटमा मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढेको छ।

यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा जिल्लामा ६ हजार ६ सय ८० मत बदर भएको छ। यहाँ एक लाख २९ हजार ७०५ मत खसेको थियो। जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार ५.१५ प्रतिशत मत बदर भएको हो। 

Advertisement

बदर मत घटाउनका लागि मतदाता शिक्षा स्वंसेवक, महिला स्वास्थ्य स्वंसेविका तथा सम्बन्धित निकायले मतदाता शिक्षा दिएका थिए।

मतदाताहरू प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्रमा अलमलिएका कारण मत बदर हुन पुगेको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए। 

Advertisement

प्रदेशसभाको प्रत्यक्षतर्फ एक लाख ३० हजार १०१ मत खसेकोमा आठ हजार ९२१ मत अर्थात् ६ दशमलव ८५ प्रतिशत मत बदर भएको छ।

प्रदेशसभाको समानुपातिकतर्फ एक लाख ३० हजार १०१ मतमध्ये आठहजार ९१९ अर्थात् ६ दशमलव ८५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिए । 

उनका अनुसार गत २०७४ को निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६ दशमलब चार र समानुपातिकतर्फ चार दशमलब सात प्रतिशत मत बदर भएको थियो । 

प्रतिक्रिया