नुवाकोटमा गठबन्धनको जित
नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा सदस्यका दुई र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका चार उम्मेदवार नै निर्वाचित भएका छन् ।
नुवाकोट–२ मा कांग्रेसका अजुर्ननरसिंह केसी २८ हजार १ सय ७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डे र एमालेका नारायणप्रसाद खतिवडा थिए ।
२०७४ को निर्वाचनमा एमालेका खतिवडासँग १० हजार ५ सय ५७ मतान्तरले केसी पराजित भएका थिए । ५ वर्षपछि केसीले खतिवडालाई १२ हजार ५ सय ४६ मतले हराए । यसैगरी क्षेत्र नं. १ मा गठबन्धनतर्फका माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले एमालेका बद्री मैनालीलाई पराजित गरे ।
गठबन्धनतर्फ माओवादीका तामाङले २६ हजार ५ सय ४८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मैनाली थिए ।
नुवाकोट १ (१) मा गठबन्धनबाट माओवादीकी राधिका तामाङ दोस्रो पटक निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीलकुमार खड्कालाई पराजित गरिन् ।
१(२) मा पनि कांग्रेसका रमेशकुमार महत निर्वाचित भए । उनले १ हजार ८ सय ९६ मतान्तरले एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई पराजित गरेका हुन् ।
२ (१) मा गठबन्धनतर्फबाट माओवादीका रामप्रसाद ढुंगाना निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका केशवराज पाण्डेलाई पराजित गरे । ढुंगानाले १२ हजार १ सय १० मत ल्याउँदा पाण्डेको ११ हजार ६ सय ६२ मत मात्र आएको थियो । २ (२) को प्रदेशसभा सदस्यमा कांग्रेसका बहादुरसिं लामा तामाङ निर्वाचित भएका छन् ।
उनका निकतटतम प्रतिस्पर्धी एमालेका विजयसिं लामा तामाङ थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया