काठमाडौं-५ मा कांग्रेसका पौडेल निर्वाचित
विदुर खबर
२०७९ मंसिर ६ गते २२:३३

नुवाकोट । काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६२ मतान्तरले पराजित गरेका छन् । भर्खरै सकिएको मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७५ मत पाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया