नुवाकोट क्षेत्र नम्बर २ मा मतगणना सुरु, केसीको प्रारम्भीक अग्रता
विदुर खबर
२०७९ मंसिर ५ गते १५:१४
नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । जिल्ला अदालत नुवाकोटमा मतगणना सुरु भएको हो ।
सर्वादलीय बैठकले सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भनिए पनि दिउँसो साढे १ बजेपछि मात्रै मतगणना सुरु भएको हो ।
यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अर्जुननरसिंह केशी, नेकपा एमालेबाट नारायण प्रसाद खतिवडा र राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन विक्रम पाण्डे लगायत प्रतिस्पर्धामा छन् ।
यो समाचार तयार पार्दासम्म २ सय १ मत गणना हुँदा बाम लोकतान्त्रिक गठबन्धनका अर्जुननरसिंह केशीले प्रारम्भीक अग्रता लिएका छन् । केशीले ९० मत प्राप्त गर्दा एमालेका खतिवडाले ५४ र स्वतन्त्र पार्टीका पाण्डेले ४४ मत प्राप्त गरेका छन् ।
यस्तै ८ मत भने बदर भएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन





प्रतिक्रिया