धादिङमा निर्वाचनको तयारी पूरा

विदुर खबर २०७९ मंसिर ३ गते २१:२७

नुवाकोट । धादिङमा निर्वाचन तयारी सम्पूर्ण रुपमा पूरा भएकाे छ ।

Advertisement

१ सय १४ मतदान स्थलमध्ये १ सय ४ मतदान स्थल अतिसम्वेदनशिल रहेकाे धादिङमा २ लाख ६५ हजार ९ सय ९६ मतदाता रहेका छन् । उच्च हिमाली रुबीभ्यालीकाे पुरु र नेवेरमा समेत मतदान स्थल निर्माण भएकाे छ ।

निर्वाचनका लागि कर्मचारी तयारी अवस्थामा रहेकाे ४ गते बिहान ७ बजेबाट मतदान सुरु हुने धादिङ क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत .. कार्कीले जानकारी दिनुभयाे ।

Advertisement

जिल्ला भर शान्तिपूर्ण अवस्था रहेकाे र कर्मचारी समेत तयारी अवस्थामा रहेले शान्तिपूर्ण तरिकाले मतदान गर्न मतदातालाई मुख्य निर्वाचन अधिकृत स्वकृति पराजुलीले अाग्रह गर्नु भएकाे छ ।

जिल्ला भर सुरक्षा व्यवस्था राम्रो रहेकाे पराजुलिकाे भनाई छ ।

प्रतिक्रिया