मेरो प्रतिस्पर्धी नै छैनन् : शुशिल खड्का

विदुर खबर २०७९ कार्तिक २५ गते ११:१०

नुवाकोट । समाजसेवा र व्यवसायबाट राजनीतिमा होमिएका छन् शुशिल खड्का ।

Advertisement

सधैं सामाजसेवा र सहयोग कर्ममा जुट्ने खड्का अहिले चुनावी मौदानमा देखिइरहेका छन् । उनी नुवाकोट क्षेत्र नम्बर १ बाट प्रदेशसभा १ का उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् ।

उनी नेकपा एमाले पार्टीको तर्फबाट मतदाताको घरघरमा पुगिरहेका छन् । मतदाताले जनताका खातिर काम गर्न सक्ने नयाँ अनुहार खोजेकाले आफू उम्मेद्वार बनेको उनको भनाइ छ । ‘काम नगर्ने, सधैं जनतालाई झुक्याएर भोट मात्रै माग्न पुग्ने राजनीतिक दलका नेताबाट जनता फ्रस्टेड भइसकेका छन् । जनताले पुराना काम नगर्ने नेताको विकल्प खोजिरहेका छन् । उनी भन्छन्, ‘मेरो उम्मेद्वारी जनताको इच्छा आकांक्षा अनुसार नै हो ।’

Advertisement

सामाजसेवाको माध्यमबाट पनि आफूले समाजका खातिर काम गरेको बताउँदै अबका दिनमा प्रत्यक्ष रुपमा समाज र जनतासँग आवद्ध भएर काम गर्ने उनी बताउँछन् । समाज तथा देशको नेतृत्वमा गलत र जनताको पक्षमा काम नगर्ने नेता तथा सांसद पुग्दा जनताले दुःख पाएको उनको भनाइ छ ।

उनी राजनीतिक दलले मुलुकमा निम्त्याएको विकृति–विसंगति कुशासन र भ्र्रष्टाचारका कारण जनताले आधारभूत आवश्यकताबाट बञ्चित हुनु परेको भन्दै मत मागिरहेका छन् । ‘प्रत्यक्ष राजनीतिमा आएर जनताका आवाज बुलन्द गर्नका लागि मेरो उम्मेद्वारी हो’ खड्काले विदुर खबरसँग भने ।

Advertisement

आफ्नो उम्मेद्वारीप्रति मतदाता सकरात्मक रहेको र मत दिने वाचा गरेको बताउँदै उनी आफ्नो जित सुनिश्चित रहेको जिकिर गर्छन् । ‘घरदैलोमा जाँदा मतदाताले सकारात्मक प्रतिक्रियाका साथै तपाईं जस्तो मान्छे चाहिन्छ भनिरहेका छन् । खड्का भन्छन्, ‘मतदाताको आश्वासन र तपाईं जस्तो मान्छे चाहिन्छ भन्दै उत्साह व्यक्त गरेको देख्दा मेरो जित शतप्रतिशत छ ।’
जनताको आश्वासन नै सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै उनी आफू मतदाताको आश्वासनप्रति ढुक्क भएको बताउँछन् । ‘जनताले दिएको आश्वासनलाई आधार मान्ने हो भने म प्रदेशसभामा पुग्छु । मेरो प्रतिद्वन्द्वी नै छैनन्,’ उनी भन्छन् ।

खड्काले मतदाताले पुराना नेता तथा सांसद परीक्षण भइसकेका र उनीहरु जनता, समाज तथा देशका पक्षमा काम गर्न पूर्ण रुपमा असफल भइसकेकाले राजनीतिमा नयाँ अनुहारलाई अवसर दिन आग्रह गरिरहेका छन् ।

‘पहिले समाजसेवामा हेर्नु भयो अब राजनीतिमा हेर्नुहुने छ । काम गर्न सक्ने र प्रदेश सभामा तपाईंहरुका आवाज बोल्न सक्ने उम्मेद्वारलाई मत दिनुस्,’ भन्दै उनी घरदैलो गरिरहेका छन् ।

विगत दुई तीन वर्षदेखि आफू समाजसँग निकट रहेर आफ्नो क्षेत्रका जनतासँग काम गर्दै आएको उनको जिकिर छ ।
नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा खड्कासहित ७ जना उम्मेद्वार चुनावी दौडमा छन् ।

खड्का एमाले नेतृत्वको गठबन्धनका साझा उम्मेद्धवार हुन् भने लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी राधिका तामाङ, रााष्ट्रिय प्रजातन्त्र पार्टीका रामु पण्डित, नेमकिपाका काशिलाल डंगोल, मंगोल नेशनल अर्गनाइजेशनका कर्मा तामाङ र नेकपा एकीकृतका राजेश थापा लगायत उम्मेदवार छन् ।

प्रतिक्रिया