नुवाकोटका जनता केपी ओलिको ऋणमा

विदुर खबर २०७९ कार्तिक २४ गते ८:१७
नेपालको इतिहासमा नुवाकोट अति नै रणनीतिक भूगोलको रुपमा रहेको जिल्ला हो।
विकास निर्माणको स्थितीमा अन्य जिल्ला भन्दा पछाडी पर्नुको महत्वपूर्ण कारण मध्ये एउटा यसको रणनीतिक महत्वको भुगोल पनि हो। आजको नेपालको नक्सा निर्माण गर्न ७२ बर्ष लागेको हामी मध्ये धेरैलाई जानकारी छैन होला। यो नक्सा निर्माण गर्न पृथ्वी नारायण शाह र त्यसपछी उनका कान्छा छोरा बहादुर शाहले झन्डै आधा शताब्दी नुवाकोट दरवारमा बसेर महत्वपूर्ण लडाई लडेको इतिहास छ। पृथ्वी नारायण शाहले उपत्यका र पुर्वी नेपालको एकिकरण र बहादुर शाहले पस्चिम नेपालको एकिकरण र भोट संगको लडाई यही नुवाकोट दरवारमा बसेर सम्पन्न गरेका थिए।
नुवाकोट तत्कालीन गोरखा राज्यको राजधानी पनी हो। नुवाकोट काठमाडौँ उपत्यकाले उत्तरी भोट संग ब्यापार गर्ने महत्वपूर्ण ब्यापारीक नाका हो भने पस्चिम नेपाल छिर्ने महत्वपूर्ण ढोका समेत हो। काठमाडौं उपत्यका वाट पैदलमार्ग टोखा गुर्जे भञ्ज्याङ छहरे हुदै नुवाकोट दरवार सम्म आउने त्यतीखेरको महत्वपूर्ण मार्ग हो। नुवाकोट वाट उत्तर भोट जाने गेर्खुटार वेत्रावती रसुवा गढी हुदै केरूङ जाने एउटा मार्ग र त्रिशूली बजार हुदै बागटार सामरी भञ्ज्याङ हुदै गोरखा पुग्ने पस्चिम नेपाल जाने अर्को महत्वपूर्ण मार्ग हो। काठमाडौं उपत्यका वाट पस्चिम नेपाल र उत्तर भोट जाने एक मात्र ढोका नुवाकोट आज कसरी नेपालकै अर्को कालापानीको अवस्थामा पु-याउने काम भयो यसको वास्तविकता प्रत्येक नुवाकोट वासीले जान्नु जरुरी छ।

                                                                                    रामलाल श्रेष्ठ

नेपालमा पंचायती ब्यबस्थाको आगमन संगै नुवाकोट जिल्लालाई अर्काे कालापानी बनाउने प्रयास सुरू गरियो। काठमाडौं उपत्यका वाट नुवाकोट दरवार आउने टोखा हुदै गुर्जे छहरे पैदल मार्ग बन्द गर्ने काम बालाजु ककनी त्रिशुली सडक निर्माण संगै सुरु भयो। त्रिशुली जलविधुत आयोजनाको प्रवेस मार्गको रुपमा बालाजु ककनी त्रिशुली सडकको निर्माण भएको हो। २०१८ सालमा त्रिशूली जलविद्युत आयोजना छिमेकी भारत सरकारको सहयोगमा निर्माण गर्नुपर्ने स्थिति बन्न पुग्यो। त्रिशूली जलविद्युत आयोजनाको वाध स्थल वेत्रावती नजिकै भैसे बाट सुरु गरियो। वेत्रावती नपुग्दै भैसे सम्म प्रभाव क्षेत्रको रुपमा त्रिशूली जवविधुत आयोजनाको निर्माण छिमेकी भारतको भित्री रणनीति देखिन्छ।

काठमाडौं उपत्यकावाट पस्चिम नेपाल आउने टोखा गुर्जे छहरे पुरानो पैदल मार्ग मै त्रिशूली जलविद्युत आयोजनाको प्रवेस मार्ग वनाउदा झन्डै चालिस कि मी सडक निर्माणमा त्रिशूलि आयोजना स्थल आइपुग्ने थियो। आजभोली मुस्किलले चलिरहेको टोखा गुर्जे छहरे हुदै त्रिशूली जलविद्युत आयोजना स्थल सम्म सडक निर्माण नगरी बालाजु ककनी हुदै झन्डै दोब्बर दुरीकै सडक निर्माण गरियो। यदी यसो नगरी टोखा गुर्जे हुदै छहरे त्रिशूली र त्यहीबाट सामरी हुदै पस्चिम नेपाल पस्ने सडक मार्ग निर्माण गर्न सकिएको भए आज नुवाकोट जिल्लाको स्थिती यती दयनिय अवस्थामा हुने थिएन। पंचायती ब्यबस्थाको समय काल सम्म बलाजु ककनी त्रिशुली सडक मात्रै एक मात्र नुवाकोट जिल्ला जोडने सडक मार्ग रहि रह्यो। यो सडक मार्गको विचमा ककनी बाहेक कही कतै सहर बस्ने उपयुक्त समथर भूमी नहुनाले सडक मार्गको पहुचको लाभ नुवाकोटले लिन सकेन।
बहुदलीय ब्यबस्थाको आगमन संगै धैरै जिल्लाले काचुली फेरिसक्दा नुवाकोटको हालत जस्ताको त्यस्तै रह्यो। टोखा गुर्जे छहरे सडक र गल्छी देवीधाट सडक खुल्दैछ भन्ने हल्लामा तिस बर्ष वित्यो। त्रिसूलीवाट पस्चिम छिर्ने सामरी हुदै गोरखा जाने सडक तिस बर्षमा एक इन्च पनी अगाडी बढेन। यसरी चारैतिरवाट नुवाकोट जिल्लालाई सडक संजालवाट बन्द गर्ने काम भयो।
नुवाकोटलाइ यसरी बन्द गर्नाले पुरै नेपाललाई उत्तर फर्किनवाट रोक्न सकिन्छ। यो कुराको भेउ नुवाकोटका जनताले आजसम्म पाएकै छैनन। पंचायत देखी बहुदलीय र गणतन्त्रीक नेपालमा समेत नुवाकोटलाई पस्चिम तथा उत्तर ढोकाको रुपमा खोल्ने अवधारणा भएको नेतृत्व जन्मनै सकेन। छिमेकी देशकै रणनिती भित्रको नेतृत्व निर्वाचित गर्ने परम्परा चल्दै आयो। यो नेतृत्वले कहिले पनी टोखा गुर्जे छहरे सडकलाइ राजमार्ग स्तरको वनाउने र गल्छी देवीधाट सडकलाइ राजमार्ग स्तरको रसुवागढी जोडने कल्पना पनी गर्न सकेन। उल्टै २०७० सालमा बालाजु ककनी त्रिशुली सडकलाइ फराकिलो बनाउने भन्दै भारतीय एक्जिम बैकको ऋण सहयोगमा भारतीय र नेपाली ठेकेदारको संयुक्त कम्पनीलाई ठेक्का देने प्रवधानले बलाजू ककनी त्रिशूली सडक कहिले नवन्ने, बने पनी विसौ बर्षमा पनी सम्पन्न नहुने रणनितीको सिकारको सूरुङ भित्र हालियो।
२०७२ सालको भूकम्प र छिमेकी भारतको नाकाबन्दीले गल्छी रसुवा गढी सडक राजमार्ग स्तरमा निर्माण गर्ने साहसिलो निर्णय गर्न तत्कालीन प्रधानमन्त्री के पी ओली तम्सिए। यो निर्णयले नेपालको राजनीतिमा निकै ठूलो हलचल ल्यायो। नेपालको राजनीतिमा महत्वपूर्ण सावित भएको यो निर्णय नेपालकै सम्वृध्दीको महत्वपूर्ण निर्णय हुन गयो। शताब्दीयौ देखी बन्द रहेको नेपालको प्रमूख उत्तरी ढोका रसुवा गढी केरूङ नाका खोल्ने क्रम सूरू भयो। नेपालको मध्य भूगोलको यो नाका खोलिनु भनेको नेपालको मल्लकालीन गौरव पुन फर्कने हो।
छिमेकी भारत संगको परनिर्भता घटने यो निर्णय राजा महेन्द्र र सबै नेपालीले असल राजा मानेका राजा विरेन्द्रले समेत आंट गर्न सकेका थिएनन।तत्कालीन समयमा के पी ओली प्रधानमन्त्री नभई अरु नै प्रधानमन्त्री भएको भए यस्तो ऐतिहासिक निर्णय हुन सक्दैन थियो। नुवाकोट फेरी पनी कालापानी कै स्थितिमा बन्द भूगोलको रुपमा रहने थियो।
गल्छी रसुवा गढी राजमार्ग निर्माणको निर्णयले नुवाकोटले सम्वृध्दीले फडको मार्ने स्थितीमा आइपुगेको छ। यो राजमार्ग बन्न नदिन वा ढिला गरी बनाउने उद्देश्यले अनेकखाले अवरोधहरू सृजना गरिएका छन। यदी नुवाकोटको नेतृत्वमा के पी ओलीको दल नेकपा एमालेको उम्मेदवारले यो निर्वाचनमा नजिती गठबन्धनको उम्मेदवारले जिते भने टोखा छहरे सुरुङ मार्ग त अध्यारो सुरुङ भित्र छिर्ने नै छ। टोखा गुर्जे छहरे त्रिशूली सडक राजमार्ग स्तरमा बन्न सक्दैन भने बालाजु ककनी त्रिशुली सडकको पुनर्निर्माणमा फेरी पहिलेकै रणनीतिक झमेला थपिनेमा कुनै संका छैन।
यदी नुवाकोटका जनताले पुर्वनिर्वाचित एमालेका सांसदहरूको ब्यबहारजनित असन्तुष्टीलाइ हेरेर ती उम्मेदवारलाई मत नदिने हो र पराजित हुनुपर्यो भने गल्छी रसुवा गढी केरूङ राजमार्ग तराइको हुलाकी राजमार्ग झै विसौ बर्षमा निर्माण सम्पन्न नहुने स्थितीको गोलचक्करमा फस्ने छ।
तसर्थ नेपाल र नुवाकोटको सम्वृध्दी संग गासीएको गल्छी रसुवागढी राजमार्ग र केरूङ नाका सदाबहार खुलाउन, बालाजु ककनी त्रिशुली सडकको निर्माण चाडै सम्पन्न गर्न, टोखा गुर्जे छहरे गःगटे सडक राजमार्ग स्तरमा निर्माण सम्पन्न गर्न र टोखा छहरे सूरुङ मार्गको निर्माण कार्य अगाडि बढाउन के पी ओलिको नेतृत्वमा नेकपा एमालेको सरकार जरुरी छ।
नुवाकोट जिल्लावाट विगतमा नेकपा एमालेवाट निर्वाचित सासदहरूले आफ्नो बलबुताले जे जति कामहरू गर्न सके त्यसमै सन्तोष लिदै आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरूलाइ अत्यधिक मतले बिजय गराउन नुवाकोट जिल्ला वासीलाइ आफ्नै भविष्यको सम्वृध्दीको लागी अती जरुरी छ।
के पी ओलिको नेतृत्वमा नेकपा एमालेको सरकार बन्न सकेन भने सबैभन्दा ठूलो घाटा नुवाकोटलाइ हुनेछ। यो भनेको नुवाकोट फेरी पनी रणनीतिक भूगोलको गोलचक्करमा फस्नेछ। सबैमा चेतना भया।
लेखक रामलाल श्रेष्ठ हुन् उनी समसामयिक विषयमा कलम चलाउँछन् ।
Advertisement

प्रतिक्रिया