बंगलादेशलाई हराउदै नेपाल साफ फुटबलकाे सेमिफाईनलमा प्रवेश

विदुर खबर २०७५ भदौ २३ गते १५:०९

Advertisement

ढाका भदौ २३, नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । घरेलु टोली बंगलादेशलाई पराजित गर्दै नेपालले प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको हो ।

जित्नैपर्ने खेलमा नेपालले बंगलादेशलाई २–० ले हरायो । नेपालको जितमा एकमात्र गोल विमल घर्तिमगरले गरे । खेलको ३३ औ मिनेटमा फ्रिकिकमा उनले गोल गरेका थिए । सुनिल वललाई बंगलादेश डिफेन्डर वाले फैजलले फाउल गरेपछि नेपालले झण्डै ३३ यार्डबाट फ्रिकिकको अवसर पाएको थियो ।

Advertisement

फ्रिकिकमा गोल गर्दै विमलले साफमा कीर्तिमानी ४ गोल बनाउन चुकेनन् । खेलकाे अन्तिम मिनेटमा नवयुग श्रेष्ठले गाेल गर्दै नेपालकाे जित सुनिश्चित गरे ।अघिल्लो खेलमा भुटानलाई हराउदै पाकिस्तान प्रतियोगिताको सेमिफाईनल पुगेपछि नेपाललाई जित्नैपर्ने दबाब थियो ।

जितसंगै नेपाल ६ अंक जोड्दै समुह विजेताको रुपमा सेमिफाईनल प्रवेश ग¥यो । समान अ‌क भएपनि पाकिस्तान गोल अन्तरका आधारमा उपविजेता बन्दै अन्तिम ४मा प्रवेश ग¥यो । बंगलादेश र भुटान प्रतियोगिताको समुह चरणबाटै बाहिरिए ।

Advertisement

प्रतिक्रिया