निर्वाचन आचारसंहिता उलंघन गरेको आरोपमा मेयर श्रेष्ठसंग स्प्रष्टिकरण माग

विदुर खबर २०७९ कार्तिक २१ गते ८:४८

नुवाकोट । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठलाई निर्वाचन आचारसंहिता अनुगमन जिल्ला समितिले आचारसंहिता उलंघन गरेको घटनामा स्प्रष्टिकरण सोधेको छ ।

Advertisement

बिहीवार सडक निर्माणको सुरुवात गरेको भन्दै फेसबुकमा विदुर नगरपालिकाको फेसबुक पेज र उनको निजी पेजबाट प्रचार गरेपछि उनीलाई कारबाही किन नगर्ने भनेर स्प्रष्टिकरण सोधेको हो ।

अनुगमन समितिका संयोजक रामकृष्ण पुडासैनीका अनुसार मौखिम रुपमा परेको उजुरीको आधारमा मौखिक स्प्रष्टिकरण सोधिएको हो । तर उनको विषयमा शुक्रवार समेत जिल्ला निर्वाचन कार्यालयमा लिखित उजुरी परेको बताइएको छ ।

Advertisement

निर्वाचन आचारसंहित उलंघन गर्दै मतदातालाई प्रभावित पार्ने गरी योजनाहरूको उद्घाटन र शिलान्यास गर्न नहुनेमा मेयर राजन श्रेष्ठले बान्द्रे–बोगटीगाउँ–डाँडागाउँ सडकको स्तरोन्नती गरेका छन् । औपचारिक कार्यक्रम गरेर बिहीवार उनले थालेको उक्त कामलाई सामाजिक सञ्जालमा समेत राखेका थिए ।

                                                मेयर श्रेष्ठको फेसबुक र विदुर नगरपालिकाका पेजबाट हटाइएको फोटो ।

तर उजुरी परेपछि भने नगरपालिको पेज र उनको पेजबाट पोष्ट हटाइएको छ ।

Advertisement

प्रतिक्रिया