‘चिसो लगातार घटेको घटेकै गर्दैन । कुनै दिन बादल लागेको अलिअलि चिसो हावा छ, उत्तरपश्चिमबाट हावा बहेको छ भने चिसो महसुस हुन्छ । दक्षिण पश्चिम अथवा हावाको दिशा कता बहन्छ त्यसमा निर्भर गर्ने गर्दछ’ उनले भने ।
नुवाकोटसहित देशभर चिसो बढ्यो
नुवाकोट । पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताए ।
पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो बढेको वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए । तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने र तापक्रम निरन्तर नघट्ने बताए ।
‘यो गर्मी सकिएको र जाडो आउन लागेको अवस्था हो । अहिले नै जाडो पूरै भइसक्यो भन्ने अवस्था त छैन । यद्यपि गतहप्ता देखि नै देशभरिको तापक्रम घट्दै गएको छ’ उनले भने, ‘आज जुम्ला, जोमसोम, जिरी लगायतको क्षेत्रमा एक, जिरो डिग्रीको हाराहारीमा छ रातिको न्युनतम तापक्रम । जुन जाडो बढाउने तापक्रम हो । काठमाडौंमा पनि ११ डिग्रीको हाराहारीमा तापक्रम पुगेको छ त्यसैले तापक्रम घटेर चिसो महशुस भएको हो ।’
यो महिनामा पानी पर्ने मौसमी प्रणाली भने नरहेको वरिष्ठ मौसमविद् पौडेलले बताए । मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले विस्तारै जाडो बढ्दै जानु स्वभाविक भएको पनि उनको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया