चक्कु प्रहारबाट एक जना घाइते

विदुर खबर २०७९ असोज २८ गते ७:४०

नुवाकोट । चक्कु प्रहारबाट बैतडीमा एक जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका-२ शर्मालीमा स्थानीय व्यापारी लालसिंह साउद रहेका छन् ।

Advertisement

साउदलाई शिवनाथको मडै गाउँका पारश मडैले बिहीबार चक्कु प्रहार गरी घाइते बनाएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

चक्कु प्रहारबाट साउदको पिठ्यूँमा घाउ भएको र उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने मडैलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

Advertisement

 

प्रतिक्रिया