धादिङ–२ मा रमेश धमलाको बागी उम्मेदवारी

विदुर खबर २०७९ असोज २४ गते १४:५४

नुवाकोट । धादिङ–२ मा नेपाली कांग्रेसका नेता दिलमान पाख्रिनको टिकट खोसिएको छ ।

Advertisement

केन्द्रीय संसदीय समितिले शनिबार पाख्रिनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, आइतबार मनोनयन दर्ताअघि रामनाथ अधिकारीले टिकट पाएका छन् । अधिकारी वर्तमान जिल्ला सभापति हुन् ।

पूर्व कानुन राज्यमन्त्री पाख्रिन सभापति शेरबहादुर देउवानिकट नेता हुन् । तर, नेता शेखर कोइराला समूहका नेता अधिकारीले पाख्रिनको टिकट खोसेका छन् । धादिङ–२ मै केन्द्रीय सदस्य रमेश धमलाले बागी उम्मेदवारी दिएका छन् भने नेता देवी बुर्लाकोटीले प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएकी छिन् ।

Advertisement

यो क्षेत्रमा ०७४ को निर्वाचनमा पाख्रिन उम्मेदवार थिए । त्यसबेला नेकपा एमालेका खेम लोहनीले चुनाव जितेका थिए । एमालेले यसपटक पनि खेम लोहनीलाई नै उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया